काठमाण्डौँ, १ भाद्र २०७६ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वानपछि आफूलाई पदमा बस्ने कुनै रहर नभएको बताएका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, “एकजनाले प्रधानमन्त्री लगलग कामेका छन्, पद जानेभो भने रे,’ प्रधानमन्त्री ओलीले भने, ‘पद नगएको मानिस दुनियामा कोही देखेको छैन । राजा महाराजा, जनप्रतिनिधि सबैको पद कुनै न कुनै दिन जान्छ ।”

अहिलेको संविधान, लोकतन्त्र, संघीयतासँग नचाहनेहरुले सरकार काँपेको हल्ला चलाएको प्रधानमन्त्रीले भने । “पद नजाने कोही छैन । राजतन्त्रदेखि जनप्रतिनिधिहरुको पनि पद जान्छ”, प्रधानमन्त्री ओलीले भने, “मेरो पनि पद जान्छ । धैर्य गर्नुहोस्, अर्को निर्वाचनपछि मलाई बस्नु छैन ।”

अहिलेको संविधान, लोकतन्त्र, संघीयता नचाहनेहरुले सरकार काँपेको हल्ला चलाएको प्रधानमन्त्रीले भने । “पद नजाने कोही छैन । राजतन्त्रदेखि जनप्रतिनिधिहरुको पनि पद जान्छ”, प्रधानमन्त्री ओलीले भने, “मेरो पनि पद जान्छ । धैर्य गर्नुहोस्, अर्को निर्वाचनपछि मलाई बस्नु छैन ।”

केही प्रतिगामी तत्व सडकमा आए भन्दैमा जनताले सुम्मिएको जिम्मेवारीबाट सरकार नभाग्ने प्रधानमन्त्री ओलीले बताए । प्रधानमन्त्री ओलीले भने, “सरकार भाग्छ भन्ने कुरा दिवा स्वप्न हो । यस्तो दिवा स्वप्न नदेखे हुन्छ ।”

यो सरकार ठूलो चुनौतीहरुको सामना गरेर आएकाले बेमौसमको बाजा नबजाउन आग्रह गरे । “यो बेमौसमको बाजा नबजाए हुन्थ्यो । सरकारले चाहँदा संविधानको रक्षा गर्न सडकमै उत्रन तयार छ”, प्रधानमन्त्रीले भने ।

प्रधानमन्त्री ओलीले भ्रष्टाचार बढेको नभएर निगरानी बढाएको बताए । सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले वर्तमान सरकारले गरेका राम्रा कामहरुको प्रशंग उल्लेख गरे । उनले भने, “मेलम्चीको ठेकेदार भाग्यो । तर, सरकार त भागेको छैन ।”

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्