एजेन्सी, १ भाद्र २०७६ । अष्ट्रेलियामा पुरुषले प्रतिहप्ता महिला भन्दा २४१ डलर बढी कमाइ गर्ने गरेको पाइएको छ । यसरी महिला र पुरुषलाई दिइने पारिश्रमिक बीच १४ प्रतिशतको अन्तर रहेको अष्ट्रेलियाको राष्ट्रिय तथ्याङ्क विभागले बिहिबार सार्वजानिक गरेको जानकारीमा उल्लेख गरिएको छ ।

‘फुल टाइम’ काम गर्दा समेत महिलाहरुले हप्तामा १,४८४ डलर कमाउँछन् भने पुरुषले चाहिँ त्यही कामका लागि १,७२६ डलरसम्म कमाउने गरेको तथ्याङ्कले देखाएको छ । यसरी पारिश्रमिकमा लैङ्गिक भिन्नताको दरमा ठूलो कमी नआउनु निकै निराशाजनक भएको कार्यस्थल लैङ्गिक समानता एजेन्सीका अध्यक्ष लिबी लायोन्सले बताए । उनले आफ्नो बयानमा भनेका छन्, ”अझैपनि अष्ट्रेलियाका सबै कामदारहरुले लैङ्गिक असमानता विरुद्ध उचित कदम उठाउन र यसलाई सम्बोधन गर्न जरुरी देखिएको छ । “

अर्थ महिलाहरुले पुरुष बराबर कमाउन अतिरिक्त ५९ दिन काम गर्नुपर्ने हुन्छ । यस्तोमा सो तथ्याङ्कले अष्ट्रेलिया जस्तो सम्पन्न देशमा समेत महिलाहरुले पारिश्रमिकको कुरामा विभेदको सामना गर्नुपरिरहेकामा प्रकाश पारेको लायोनले बताए ।

विशेषगरी पश्चिम अष्ट्रेलियामा पुरुष र महिलाबीच सबैभन्दा धेरै पारिश्रमिक अन्तर रहेको पाइएको हो । यता दक्षिण अष्ट्रेलिया र भिक्टोरियामा भने तुलनात्मक रुपमा कम भिन्नता देखिएको छ । आरएमआइटी युनिभर्सिटी एकेडेमिकी अर्थशास्त्री लिओनारा रिसेका अनुसार उच्च पारिश्रमिक प्रदान गर्ने पुरुषप्रधान उद्योगकै कारण महिलाहरुले अझैपनि पुरुषसमान अवसर र प्रतिफल प्राप्त गर्न संघर्ष गर्नुपरिरहेको छ । द गार्जियनबाट

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्