जापान, ३१ साउन २०७६ । जापान सरकारले बिभिन्न शीर्षकमा बिदेशी कामदार ल्याउने गरी निती तथा नियमहरु संशोधन गरे सँगै नेपालीहरुको पनि यसप्रति चासो बढ्दै गएको छ ।

यहि अप्रिल २०१९ साल देखि जापानमा लागू भएको नयाँ कामदार तोकुतेइ गिनोउ भिषा योजना अन्तर्गत नेपालमा रहेका नेपालीहरुले मात्र नभई जापानमा रहेका नेपालीहरुले पनि आबेदन दिन पाउने व्यवस्था छ । तर यस बारेमा स्पस्ट तथा सत्य तथ्य जानकारीको अभाबले धेरै जना नेपाली अन्योलमा परि रहेको देखिन्छ ।

जापानमा रहेका नेपालीहरुले कसरी यस भिषाका लागि आबेदन दिन सकिन्छ भन्ने बारेमा स्पस्ट जानकारी गराउने उद्देश्यले गैरआवासिय संघ जापान, चिवा क्षेत्रीय समितिले एक निशुल्क सेमिनारको आयोजना गरेको छ ।

‘जापानमा रहेका नेपाली सबैले तोकुतेइ गिनोउ भिषाका लागि आबेदन दिन पाउछन । तर प्रकृयाहरु के के हुन्छन र कसरी आबेदन दिन सकिन्छ भन्ने थाहा नपाएका नेपालीहरु धेरै छन् ।

यसबारे सबैलाई जानकारी गराउने हाम्रो उद्देश्य रहेको गैरआवासिय संघ जापान, चिवा क्षेत्रीय समितिका सह- कोषाध्यक्ष समिर जगं खड्काले जानकारी दिनु भएको छ ।

कार्यक्रममा सम्बन्धित बिषयमा बिशेष जानकारी राख्नु हुने नेपाली तथा जापानिज बिशेषज्ञहरुलाई आमन्त्रण गरिएको छ’ खड्काले भने ‘तोकुतेइ गिनोउ भिषा योजनाका फाईदा र यसका प्रकृयाका बिषयमा बुझ्न इक्षुक ब्यक्तिहरु सहभागि हुन सक्नु हुने छ ।’

यस सेमिनारमा एभेरेस्ट इन्टर्नेशनल स्कुल जापानका अध्यक्ष तथा सि ई ह्युम्यान रिर्सोसेसका डाईरेक्टर डा. भुपालमान श्रेष्ठ ज्यु, तोकुतेइ गिनोउ स्पेसलिस्ट (一般社団法人国際連携推進協会 理事) तथा सि ई ह्युम्यान रिर्सोसेसका डाईरेक्टर ताकायुशी कुरिता ज्यु र इमिग्रेसन स्पेसलिस्ट तथा ताकादानोबाबा माचुया भिषा तथा इमिग्रेसन अफिसका डाईरेक्टर वातानाबे ताकेशी ज्यु हरु वक्ता रहनुभएको छ ।

उहाँहरुसँग आफ्नो जिज्ञासा पनि राख्न पाइने कुरा आयोजकले जानकारी दिनु भएको छ ।

कार्यक्रम यही महिनाको ३१ तारिख शनिवार दिउस २ बजे बाट फुनाबाशी चिवामा हुने र यस कार्यक्रममा सि ई ह्युम्यान रिर्सोसेसको सहयोग रहेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्