लेख्न हैन देख्न चाहन्छु
फ्रान्स, २५ साउन २०७६ ।

बि स २०४९ साल मङ्सिर १५ गते बुबा केसरी नाथ भट्ट र आमा मिरा भट्ट जेष्ठ सुपुत्रका रुपमा गोरखा जिल्ला भीमसेनथापा गाउपालिका-४ चौतारामा जन्मनु भएका भट्ट फ्रान्समा हुन गइरहेको एन आर एन ए को महाधिवेशनमा सचिब पदको उमेद्वारी दिनु भएका भट्ट बिगत दुइ दशक देखि समाज सेवामा समर्पित हुनुहुन्छ । दिन दु:खिको फाटेको चप्पल सिलाउनदेखि अस्पतालको सैय्यामा औषधी पिलाउनसम्मको कार्य त्यसैगरी, मठ मन्दिर बनाउने कार्यदेखि बिभिन्न संघ सस्थाहरुलाई बार्षिक रुपमा आफ्नो आम्दानीबाट केहि रकम छुट्टाएर सहयोग गर्दै आउनु भएको छ । यसै सन्दर्भमा टेलिफोनको माध्यमबाट राजु मियाँले उमेदवार सुजन राज भट्टसंग गर्नुभएको कुराकानी :

यसो त बहु-प्रतिभाका धनी भट्ट कलाकारको रुपमा पनि प्रसिद्ध छन् । बि स २०६१ सालमा “छैन निको चाल” बोलको गीत समेत निकालेका भट्ट साहित्यकार साथै पत्रकार पनि हुनुहुन्छ ।

बि स २०६१ सालमा तनहु उधोग बाणिज्य संघको प्रतिनिधित्व गर्दै भट्ट रास्ट्रिय दोहोरी प्रतियोगीतामा समेत गित गाउन सफल हुनु भएको थियो । भट्ट एक कुशल बक्ता पनि हुनुहुन्छ । हक्की स्वभावका भट्ट फान्सको परिवेश फ्रान्स बासी नेपालीको साझा समस्याको सम्बोधन गरेर छाड्ने प्रतिबद्दता गर्दछन ।

प्रतिबद्दता
१ फ्रान्समा प्रा:य सबै नेपालीहरुले भोग्ने गरेका साझा समस्यामा वकिल प्रमुख समस्या देख्छन, सुजन भट्ट
२ यसका लागि सम्पूर्ण फ्रान्समा रहेका संघ सस्थासंग राय सल्लाह सुझाब बुझेर, कुन नेपालीलाई कस्तो प्रकारको समस्या छ, कम्तिमा वर्षको २ पटक वकिलसंग सबै नेपाली सामु उपस्थित गराई परामर्श गराउने ।
३ एउटा आगन छ नेपालमा तर यहा अल्लो घरको दाइ एन आर एन ए मा आबद हुन पाउने तर पल्लो घरको भाइलाई बन्देज लगाउने, जुन अन्याय पुर्ण र अपाच्य व्यवस्था ल्याइएको छ, यसको निवारण गर्ने ।
४ नयाँ आउने दाजु भाइ र यहा लामो समयदेखि बसोबास गरेको भएता पनि एक्लो भएको, कुनै संघ सस्थामा आबद्द हुन नपाएको जस्ता यावत गुनासा धरै सुन्नमा आएको छ तसर्थ, यस प्रकारको अवस्थालाई निर्मुल पारी एउटा अभिभाबकको भुमिका एन आर एन ए जिम्मेवारी पुर्बक निर्वाह गर्ने ।
५ बिधार्थीहरुको हकमा उनीहरुलाई सही परामर्श बिशेष गरेर एन आर एन ए भित्र उनीहरु भोलिको कर्णधार हुन भन्ने मानसिकता हुन जरुरी छ र साथमा ठेगानाको समस्या यसका लागि सक्दो पहँल र समाधान खोज्ने हामी नेपाली हाम्रो एन आर एन ए भन्ने अनुभूति होस् यसको लागि मेरो पहल रहने छ ।

१ एन आर एन ए फ्रान्सको चुनावी गतिविधि कसरी अगाडी बढ्दै छ ?

फ्रान्समा हुन गइरहेको एन आर एन ए को महाधिवेशनमा सचिब पदको उमेद्वारी लिएको छु । मेरो उमेद्वारी खासमा समाजसंग बिगत लामो समयदेखिको मेरो आत्मियता र अनुभब भएको र ति अनुभवहरु केही हदसम्म फ्रान्समा रहनु हुने सम्पूर्ण नेपाली सामु एन आर एन ए मार्फत फ्रान्समा भएका नेपाली समाजसंग समर्पित हुन्नु नै प्रमुख हो । चुनाबी माहोल तातेको छ र नयाँ र अनुभबी प्रतिस्पर्धामा आउनु भयो भने सबैलाई राम्रो हुन्छ । हाम्रालाई नभई राम्रालाई जिताउनु नै रहेको छ ।

तपाईको उम्मेदवारी किन ?
प्रतिबद्दतामा भएको कुरालाई दोहोराउदै, जुन अन्याय अशोभनीय व्यवस्था ल्याइएको छ, यसको निवारण गर्ने । साथै, बिगतमा भएका कमी-कमजोरी र एन आर एन ए भित्र देखिएको अहिलेको समस्या र बिशेष सबै नेपालीको अपनत्व हुने गरी एन आर एन ए बनाउनु मेरो उम्मेदवारी हो ।

एनआरएनले उठाएको नागरिकता तथा अन्य मुद्दाहरु के हुन ?
नागरीकताको सवालमा एकै शब्दमा भन्नु पर्दा एक पटकको नेपाली सधैको नेपाली भन्नु नै हो । मुद्दाहरु आएका खण्डमा समान रुपमा समस्याको समस्या समाधानको लागि मेरो पहल रहने छ ।

फ्रान्समा बस्ने नेपाली ले के कस्ता समस्या झेल्दै आएका छन ?
साह्रै गम्भीर कुरा उठाउनु भयो, मुख्य कुरा त भाषाको समस्या र त्यसपछि कामको समस्या रहेको छ । पेपरको समस्या, ठेगानाको समस्या, बिधार्थीको हकमा पनि यिनै समस्या झेल्दै आउनु भएको छ । यस प्रकारको समस्या बाट समाधान गराउनु मेरो प्रमुख उदेश्य हो ।

तपाईले जितेपछि पहिलो प्राथमिकता के हो ?

मेरो जीत वा हार भन्ने नै मैले ठानेको छैन । जिते पनि हारे पनि समाजको लागि समर्पित हुनेछ तपाइको प्रश्नमा जिते भने नेपालीको भलाइमा रहेर मैले जवाफ दिदा जति पनि समस्या र मलाई बाचा गरेका प्रतिबद्दताहरु छन्, यी सम्पूर्ण फ्रान्सबासी नेपालीहरुको साझा समस्या हुन् । देख्दा सानो जस्तो लाग्ने तर गहिराइमा भयानक भुसको आगो जस्तो, गहिराहिमा गएर समस्याको समाधान निकाल्नका लागि मेरो प्रयास र अठोट हुनेछ ।

अन्तमा,

तपाइले मेरा दुइ चार शब्द राख्ने अवसर दिनु भयो, यसका लागि हजुर लगायत हजुरको सम्पूर्ण टिमलाई धन्यबाद दिन चाहन्छु । साथै, फ्रान्सबासी सम्पूर्ण आमा बुबा , दाजुभाइ, दिदीबहिनी बुद्दिजीबी, समाजसेबी, बिधार्थी सम्पूर्ण मा मेरो नमस्कार ।

यो कार्यकाल हजुरहरु पक्कै पनि आफ्नो अमुल्य मत दिएर मलाई हजुरहरुले सचिब पदमा निर्वाचित गराउनु हुनेछ भन्नेमा म पूर्ण बिस्वास लिएको छु ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्