दिल्ली, २५ साउन २०७६ । भाजपाका वरिष्ठ नेता अरुण जेटली विरामी भएपछि अस्पताल भर्ना भएका छन् । दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान -एम्स) को आईसीयूमा राखेर उनको उपचार भइरहेको छ ।

स्वासप्रश्वासमा समस्या देखिएपछि पूर्ववित्तमन्त्री जेटलीलाई शनिबार अस्पताल भर्ना गरिएको हो । एम्स अस्पतालले विज्ञप्ति जारी गरी बिभिन्न विभागका डाक्टरहरुको टोलीले उनको उपचार गरिरहेको जानकारी दिएको छ ।

साथै, उनको अवस्था स्थीर र ब्लड प्रेसर सामान्य छ ।जेटली अस्पताल भर्ना भएको जानकारी पाएपछि प्रधानमन्त्री नरेन्द्र मोदी, स्वास्थ्यमन्त्री हर्षबर्धन उनलाई भेट्न अस्पताल गएका थिए ।मोदी नेतृत्वको पहिलो सरकारमा ६६ वर्षीय जेट्ली वित्त मन्त्री थिए । उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

स्वास्थ्यमा बेला बेलामा समस्या आउने भएकाले धेरै पटक उनको जिम्मेवारी पीयूष गोयलले सम्हाल्ने गरेका छन् ।

सन् २०१९ को फेब्रुअरी महिनामा  जेटली उपचारका लागि विदेश गएकाले अन्तरिम बजेट पेश गर्न पाएका थिएनन् । मे महिनामा भाजपा दोस्रो पटक सरकारमा गएपछि उनले प्रधानमन्त्री मोदीलाई पत्र लेखेर स्वास्थ्यका कारण सरकारको कुनै जिम्मेवारीमा नरहने जानकारी दिएका थिए ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्