काठमाडौँ, २४ साउन २०७६ । यू-१८ साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । नेपालमा आयोजना हुने सो खेलको तालिका सार्वजनिक भएको हो । नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्ने भएको तालिकामा सार्वजनिक गरेको छ ।

दुई पटकको च्याम्पियन भएका नेपाल समूह ए मा रहेको छ भने, नेपालको दोस्रो खेल माल्दिभ्ससँग, समूहको तेस्रो खेल भुटान सँग रहेको छ । यी दुई टिम समूहको शीर्ष स्थानमा रहेकाले सेमिफाइनलमा स्थान बनाउने छन् ।

नेपाली युवा टिमले यहि प्रतियोगिताका लागि केही दिन अगाडिबाट तयारी सुरु गरेको थियो भने, पहिलो चरणका खेलाडी पनि केहि दिन अगाडि मात्र बोलाएको थियो ।

पहिलो चरणमा क्याम्पमा बोलाइएका खेलाडीहरु:

गोलकिपर: विशाल सुनार, रोहित कार्की, सूर्य अधिकारी, पुजन होना, निशान खड्का, आकाश रानाभाट

डिफेन्डर: विशाल बस्नेत, रन्दिप पौडेल, पदम भट्टराई, असिम गुरुङ, सुजन शर्मा, नविन गुरुङ, रोशन डोङ, योबेश थापा, बिशान्त बस्नेत, अलिक रुम्बा, अन्जन महर्जन, राजु पण्डित, विशाल शाही

मिडफिल्डर: शिशिर लेखी, विपेश गुरुङ, रोशन रानामगर, राजन पुन, आकाश बुढामगर, रेजिन माझि, सञ्जिव लामा, जया गुरुङ, मनिश थापा, कुशल फुयाल, अदित महर्जन, श्यामु मुर्मु, सन्जु श्रेष्ठ, नितिन थापा, सम्राट सुनुवार, रोहन कार्की मौसम सुब्बा छन ।

स्ट्राइकर: ब्रिजेश चौधरी, सच्चु गुरुङ, निरज चौधरी, कैलाश लामिछाने, कार्लोस बखरीया, दर्शन गुरुङ, अभिशेक श्रेष्ठ, सन्जु सेन, क्रितिस रत्न छन्जु, मनिश डाँगी

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्