काठमाडौं, २२ साउन २०७६ । इन्टरनेट तथा केवल टेलिभिजन सेवा प्रदायक कम्पनी सुबिसुले आफ्नो कार्यालयमा आगलागीपछि ग्राहकवर्गमा असर परेको भन्दै सकेसम्म छिटो सञ्चालनमा आउने जनाएको छ ।

“आगलागीपछि धेरैठाउँमा हाम्रो सेवा अवरुद्ध भएको छ,” सुबिसुले भनेको छ,“ग्राहकवर्गलाई हामी विश्वस्त तुल्याउन चाहन्छौं । सकेसम्म छिटो हामीले सेवा प्रदान गर्नेछौं ।”

बुधबार दिउँसो सुबिसुको बालुवाटारस्थित कार्यालयमा आगलागी भएको थियो । सिष्टम शाखामा आगलागी भएका कारण धेरै ठाउँमा सेवा अवरुद्ध भएको सुबिसुको प्रतिक्रिया छ । आगलागीबाट कति क्षति पुगेको भन्ने बारेमा अनुसन्धान भइरहेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्