गोरखा, १७ साउन २०७६ । जिल्ला प्रशासन कार्यालय गोरखाले जिल्लामा कम्ब्याट पोशाक बिक्री तथा प्रयोगमा रोक लगाएको छ ।

नेपाली सेनाको सकलदर्जाले लगाउने कम्ब्याक्ट पोशाक स्थानीय बजारमा बिक्रि हुनुका साथै वन रक्षक, निजी सुरक्षा गार्डले समेत लगाउने गरेकाले गैर सैनिकहरुलाई यो पोशाक प्रयोग नगर्न प्रशासनले सार्वजनिक सुचना जारी गरेको हो ।

नेपाली सेनाले लगाउने सैनिक पोसाकको बिक्रीवितरण र पहिरनमा रोक लगाउन भन्दै गृह मन्त्रालयले पठाएको परिपत्र अनुसार सार्वजनिक सुचना जारी गरेको प्रमुख जिल्ला अधिकारी देबेन्द्र लामिछानेले जानकारी दिनुभयो  ।

पसलमा स्टक रहेका कम्ब्याट पोशाकहरु खरिद गरेको ठाउँमै फिर्ता गर्न ब्यबसायीहरुलाई आग्रह गर्नु भएको छ । आफ्नो पोसाकको दुरुपयोग गरी विभिन्न निजी सेक्युरेटी गार्ड कम्पनी, सर्वसाधारण र आपराधिक गतिविधिमा संलग्न भएका व्यक्तिले लगाएको जनाउँदै नेपाली सेनाले गृहलाई पत्र लेखेपछि गृहले सबै जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरेको हो ।

केन्द्र सरकारको नीतिअनुसार जिल्ला प्रशासन कार्यालय गोरखाले पनि कम्ब्याट पोशाक निषेध गरेको प्रजिअ लामिछानेले जानकारी दिनुभयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्