काठमाडौं, २ साउन २०७६ । सरकारी राजनीतिक वार्ता टोलीका पूर्वसंयोजक सोमप्रसाद पाण्डेले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहसँग वार्ता भएको खुलासा गरेको छन् ।

बुधबार काठमाडौंमा भएको एक कार्यक्रममा उनले आफुलाई सरकारले दिएको संयोजकको जिम्मेवारीको समय सकिएकापछि धेरै पटक विप्लव समूहका नेताहरुसँग अनौपचारिक वार्ता र छलफल गरेको खुलासा गरेका हुन् । तर, उक्त वार्ताले औपचारिता प्राप्त गर्न नसकेको उनले प्रष्टीकरण दिए ।

सरकारले पाण्डेको संयोजकत्वमा २०७५ साल भदौ ८ गते उच्चस्तरीय राजनीतिक वार्ता टोली बनाएको थियो । संयोजकका लागि पाण्डेलाई सरकारले दिएको समय सकिएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद समेत रहेका पाण्डेले आफूले विप्लव समूहका केन्द्रीय सदस्य गुणराज लोहनीलगायत पोलिटब्युरो सदस्यहरुसँग छलफल गरेको भए पनि सञ्चारमाध्यममा आएजस्तो नभएको दाबी गरे ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता रमेश लेखकले कांग्रेस वार्ता तथा संवादको पक्षमा रहेको भन्दै वार्तामार्फत समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।

राजनीतिक विश्लेषक डा। सुरेन्द्र केसीले राजनीतिक परिर्वतनपछि पनि जनताले चाहेअनुसारको सुशासन कायम हुन नसक्दा समस्या सिर्जना भएको भन्ने कुरालाई ठूला दलका शीर्ष नेता र सरकारले बुझ्नुपर्ने बताए ।

समाजवादी पार्टी, नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले सरकारलाई वार्तामार्फत समस्याको समाधान खोज्न आग्रह गरे ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्