बिबिसी, जेरुसेलम, १ साउन २०७६ । इजरायलमा ९ हजार वर्ष पुरानो नवपाषण युगको एउटा बस्ती फेला परेको छ ।

जसमा हजारौं उपकरण, आभूषण, मूर्ति तथा बीउहरु तथा अन्य वस्तुको अवशेष फेला परेको छ । पुरातत्वविदहरुका अनुसार ती सामग्री जेरुसेलमबाट ५ किमी टाढा मोत्जा जंक्सनको छेउमा उत्खनन्को क्रममा भेटिएको हो ।

त्यहाँ ३ हजार मानिस रहने गरेको जनाइएको छ । पुरातत्वदिहरुले उत्खनन्मा ठूलो भवनका टुक्राहरुपनि फेला पारेका छन् । त्यतिबेलाको भवनमा कोठा पनि हुने गरेको पाइएको जनाइएको छ  । जहाँ मानिसहरु बस्ने गरेका थिए । यो बस्ती बाहेक सार्वजनिक सुविधाको क्षेत्र, अनुष्ठानका लागि विशेष स्थान पनि छुट्याइएको पाइएको अनुसन्धाताले जनाएका छन् ।

उत्खनन्का क्रममा चम्किने खालको पत्थर, शिकार खेल्न वा लड्नका लागि प्रयोग गरिने हतियार जस्तो सामग्री, साँढे जस्तो आकारको वस्तु, मानिसको आकृति, बच्चाले पहिरिने खालका गहना जस्ता सामग्री, ज्वालामुखीको लाभाबाट बनेका जस्ता देखिने पत्थर लगायतका  सामग्रीपनि फेला परेका छन् ।

पुरातत्वविद्हरुले यो सामग्रीको अध्ययनबाट नवपाषाणयुगको अध्ययन गर्न मद्धत गर्ने बताइएको बीबीसीले जनाएको छ ।

 

 

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्