गोरखा, १३ असार २०७६ । गोरखाको पालुङटारमा रहेको एक माविमा अध्ययनरत छात्रा माथि अभद्र ब्यवहार गरेको आरोपमा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पालुङटार नगरपालिका–४ को लुईटेलमा रहेको अमर ज्योति जनता माध्यामिक बिद्यालयको कक्षा १२ मा अध्ययनरत छात्रालाई अभद्र ब्यवहार गरेको उजुरीको आधारमा प्रहरीले सोही बिद्यालयका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रकाश न्यौपानेलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानाकारी दिएको छ ।

असार २ गते राती कक्षा १२ मा अध्ययतरत छात्रा एलिसा (नाम परिवर्तन) लाई रातको २ बजे छात्राबासको झ्यालबाट सिरक तान्ने र छात्रा डराएर खाट मुनी सुते पछि तन्ना समेत तानेर च्यातेको आरोपमा अध्यक्ष न्यौपानेलाई प्रहरीले हिजो साँझ तिर नियन्त्रणमा लिएको हो ।

घटना लगत्तै राजधानी गएका न्यौपानेलाई प्रहरी र पिडितका आफन्तले मिल्ने बहानामा जिल्ला प्रहरी कार्यालयमा ढाके पछि प्रहरीले उनलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।

पिडित एलिसाले बिहीबार नै अध्यक्षले आफुलाई अभद्र ब्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय गोरखामा किटानी जाहेरी दिइएकी छिन । पिडीत छात्राले पत्रकार सम्मेलन गरी आफुलाई पटक पटक त्यस्तो अभद्र ब्यवहार गर्ने गरेको बताइन ।

घटना क्रम

कक्षा १२ मा अध्ययरत छात्रा एलिसा सधै झै खाना खाई साँझ अध्ययन गरी छात्राबासमा सुति रहेको अवस्थामा ९ गते राती अर्थात १० गते बिहान २ बजे ७ मिनेट गएको बेला एक्कासी झ्यालबाट आफुले ओडी रहेको सिरक ताने पछि झस्किईन र उठिन ।

छात्राबासको अर्को भवनमा बालेको बक्तिमा प्रष्ट देखीने अध्यक्ष न्यौपाने सिरक तान्न नछाडे पछि खाट मुनी गएर सुतिन । अध्यक्षले पुनः खाटमा बिछ्याएको तन्ना समेत तानेर च्यातिए पछि छात्राले कराए पछि अध्यक्ष न्यौपाने घटना स्थलबाट फरार भएका थिए ।

घटना लगत्तै संगै रहेकी सानीआमालाई उनले सबै कुरा भने । उनी सानीआमा सोही बिद्यालयकी दृष्टिविहीनहरुलाई पढाउने शिक्षक हुन । सानीआमाले भोली १० गते प्रधानाध्याकलाई घटना विवरण सुनाएका थिए । पिडित छात्रा समेतले स्कुलमा अध्यक्षले आफुमाथि अभद्र ब्यवहार गरेको उजुरी दिए पछि सोही उजुरीको आधारमा विद्यालय ब्यवस्थापन समितिका पदाधिकारीहरुको बैठकले कानूनी कारवाहीमा जानुपर्ने निश्कर्ष र छात्राको चाहना बमोजिम जिल्ला प्रहरी कार्यालय गोरखामा ११ गते बिहानै उजुरी दिइएको हो ।

अध्यक्षले पटक पटक अभद्र ब्यवहार गरेको खुलासा

पत्रकार सम्मेलनमा पिडित छात्राले अध्यक्ष न्यौपाने विगतमा पनि विभिन्न बहानामा छात्रा बास भित्र आउने र पानी पिउन माग्ने अनि शरिरको सम्वेदनशिल स्थानमा हातले छुनेको गरेको बताए ।

आफुलाई किन त्यस्तो गरेको भनेर प्रतिबाद गर्दा केही हुन्न रिफ्रेस भइन्छ भन्ने गरेको बताईन । पिडित छात्राका अनुसार अध्यक्षले यती सम्म गरेकी छात्राबास संगै रहेको क्यान्टिनबाट फर्कदा समेत बाटोमा आफुलाई छातीमा हात हालेको बताईन ।

सानीआमाको स्याहार सुसार र अध्ययन गर्न उत्त बिद्यालयमा बसेकी पिडित छात्रा ढोकामा चुकुल लगाएर कोठा भित्र बस्दा पनि झ्यालबाट चियाउने र पटक पटक गफ गर्न छ चुकुल खोल म भित्र आउछु भन्ने गरेको पिडित छात्राले पत्रकारहरुलाई बताईन ।

शिक्षक सानीआमालाई पुर्व एमाले कायकर्ताले ‘ईमोशनल ब्ल्याकमेलिङ’ गरेको आरोप

घटना लगत्तै पूर्व एमालेका जिल्ला स्तरका कायकर्ताहरुले आफुलाई जिल्ला प्रहरी कार्यालय गोरखाको महिला शेलमा नै ईमोशनल ब्ल्याकमेलिङ गरेको पत्रकार सम्मेलनमा बताईन । उनले एमालेको जिल्ला स्तरको त्यो कायकर्ता को हो भनेर नाम भने लिन मानिन् । उनी अहिले पनि पिडक अध्यक्ष न्यौपानेलाई कारवाही हुन्छ भनेर विश्वास गर्ने कुनै वातावरण नरहेको बताईन ।

 

अध्यक्ष न्यौपाने संग भएको कल रेकर्ड अनुसार पिडकले आफुले गल्ती गरेको स्विकार गद्रै सके सम्म कानूनी कारवाही बाट जोगाई दिन पटक पटक आग्रह गरेको सुन्न सकिन्थ्यो । अध्यक्ष न्यौपानेले नहुनु गल्ती भयो अब मिल्नु पर्ने र कानूनी कारवाही तिर नजान सहयोग गर्न अनुरोध गरेको प्रष्टै सुनिन्छ । गोरखा समाचार

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्