साउदी अरब, १८ चैत्र २०७५ । धरान श्याम चोकस्थित नियुने लाखाङ्ग गुम्बामा शिक्षा हासिल गरिरहेका अनाथ बालबालिका लागि मन्जु श्री २८५५ औ सोनाम ड्वा फा-ल्हो ल्होछार मुल आयोजक समिति रियाद साउदी अरबले आर्थिक सहयोग प्रदान गरेको छ ।

अनाथ बालबालिकाहरुले पनि राम्रो शिक्षा पाउनु पर्छ भनेर ५५,२६६ रुपैया अक्षरुपी पचपन्न हजार दुइ सय छैसट्ठी रुपैया सानो सहयोग गरिएको छ । यस संस्थाले गएको १८ जनवरी २०१९ मा साउदी अरबको रियादमा पहिलो पल्ट एतिहासिक सोनाम ल्होछार तथा बृहत संस्कृतिक कार्यक्रम भब्य र सब्य रुपमा मनाएको थियो ।

आयोजक टिमले कार्यक्रममा आउनुहुने सम्पुर्ण ल्होछारप्रेमी दर्शकहरुलाई प्रवेश शुल्क राखेको थियो र प्रति प्रवेश शुल्क बराबर ५ रुपैया साउदी रियल अनाथ बालबालिकाको शिक्षाको लागि छुट्टयाइएको थियो ।

जुन निर्णय संस्थाले कार्यक्रम अगावै गरिएको थियोे । अनाथ बालबालिकाको शिक्षाको लागि सहयोग गरौं भनेर हाम्रो संस्थालाई नेपाली मूलका uk बासिन्दा तथा चर्चित गायिका देशु गोले जि ले अनुरोध पठाउनु भएको थियोे । त्यसै अनुरुप हाम्रो संस्थाले उठेको रकम ५५२६६, रुपैया अक्षरुपी पचपन्न हजार दुइ सय छैसट्ठी रुपैया अनाथ बालबालिकाको शिक्षाको लागि देशु गोले जि को standard chartered bank AC NPR 18-1678183-01 padam bahadur thing & desh kumari Tamang को combined Account मा 55266 रुपैया जम्मा गरिएको संस्थाको अध्यक्ष RB Lama Wangden जी ले जानकारी दिनुभयो।

त्यसैगरी, चर्चित म्हेन्दोमाया तथा सेलो गायक रोम लामा ब्लेन्देनले पनि ब्यक्तिगत दश हजार रुपैया अनाथ बालबालिकाको शिक्षाको लागि सहयोग गर्नुभएको चर्चित गायिका देशु गोले ले जानकारी दिनुभयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्