काठमाडौँ, ३ चैत २०७५ । नेपाल विद्यार्थी संघ (नेविसंघ) का विद्यार्थीहरु नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा धर्नामा बसेका छन् । कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्नु अघि नेविसंघको नेतृत्व ३२ बर्ष मुनिकालाई दिनुपर्ने माग राख्दै उनिहरुले धर्नामा बसेका हुन् ।

नेविसंघ निवर्तमान उपाध्यक्ष रामप्रसाद अधिकारीको नेतृत्वमा धर्नामा बसेका नेविसंघ कार्यकर्ताले विधान अनुसार ३२ बर्ष मुनिकालाई नेतृत्व दिने प्रावधानलाई कार्यान्वयन गर्न माग गरेका छन् ।

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पार्टीको अनुशासन र निर्वाचन समिति गठनलगायत विषयमा निर्णय गर्न सोमबार बोलाइएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्