- ADVERTISEMENT -

४ नं प्रदेशका निर्वाचित सांसद मनाङे पक्राउ,

April 19, 2018
1604
Shares
- ADVERTISEMENT -

काठमाडौं । फरार अभियुक्त दीपक मनाङेलाई प्रहरीले बिहीवार स्वयम्भूबाट पक्राउ गरेको छ । मनाङबाट सत्तारूढ  कम्युनिस्ट गठबन्धनकाे समर्थनमा प्रदेश नम्बर चारको प्रदेश सभा सदस्य निर्वाचित भए पनि उनका हकमा पुरानो मुद्दामा भएको कैद सजाय सर्वोच्च अदालतबाट नउल्टिएपछि मनाङे शपथ ग्रहणसमेत नगरी फरार रहँदै आएका थिए । उनलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैद सजाय भएकाे छ ।

मनाङेलाई टेकुस्थित प्रहरी कार्यालयमा राखिएकोे छ । प्रहरीका अनुसार उनलाई भोलि शुकवार कारागार पठाइनेछ ।

- ADVERTISEMENT -

Advertisement

काठमाडौंका प्रहरी प्रमुख विश्वराज पोखरेलले मनाङे पक्राउ परेको पुष्टि गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -