- ADVERTISEMENT -

नेकपा एमालेको झलनाथ खनाल–माधव नेपाल पक्षले सामानान्तर गतिविधीलाई निरन्तरता

April 13, 2021
560
Shares
- ADVERTISEMENT -

काठमाडौं, ३१ चैत्र २०७७ । नेकपा एमालेको झलनाथ खनाल–माधव नेपाल पक्षले सामानान्तर गतिविधीलाई निरन्तरता दिएको छ ।

सोमबार काठमाडौंमा एमालेको ओली निकट नेपाल उत्पीडित जातीय मुक्ति समाजको भेला आयोजना भएकै दिन खनाल–नेपाल पक्षले पनि सोमबार नै नेपाल उत्पीडित जातीय मुक्ति समाजको बागमती प्रदेश स्तरीय भेलाको आयोजना गरेको छ ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रमलाई एमाले बरिष्ठ झलनाथ खनाल लगाएतका नेताहरुले सम्बोधन गरेका थिए । कार्यक्रममा खनालले वर्तमान सरकारले भूमिहिनका लागि केहि पनि काम गर्न नसकेको बताउनुभयो । सरकारले सामाजिक आर्थिक रुपान्तरमा ध्यान दिन नसकेको उहाको भनाई छ ।

सर्वोच्चले नेकपालाई पूर्ववत पार्टीमा रुपान्तरण गरेपछि आफुहरुले एकतामा जाृड दिएपनि ओलीले त्यसलाई लत्याएको उहाले बताउनुभयो । खनालले अध्यक्ष ओलीले नै एमालेलाई बिभाजन गर्न खोजेको आरोप लगाउनुभयो ।
यसअघि एमालेको खनाल–नेपाल पक्षले बिभिन्न जनवर्र्गिय संगठनमा समानान्तर कमिटी गठन गरिसकेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -