- ADVERTISEMENT -

सहिद विष्णु जमरकट्टेलको २० औं स्मृति शिशाघाटमा सम्पन्न

April 10, 2021
468
Shares
- ADVERTISEMENT -

शिशाघाट, २८ चैत । सहिद विष्णु जमरकट्टेलको २० औं स्मृति शनिबार शिशाघाटमा सम्पन्न भएको छ । विष्णु जमरकट्टेल स्मृती प्रतिष्ठानको आयोजनामा गरिएको स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस पार्टीका केन्द्रीय तथा स्थानीय नेताहरुले स्व.जमरकट्टेलले नेपाली कांग्रेस पार्टी र प्रजातन्त्र प्राप्तिको आन्दोलनमा पुरयाएको योगदानको चर्चा गरेका थिए । कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रजातन्त्र प्राप्तिको आन्दोलनमा जमरकट्टेलले पुरयाएको योगदान अतुलनीय रहेको बताएका थिए । ‘जमरकट्टेल कांग्रेस र प्रजातन्त्रका लागि लड्ने योद्धा हुनु हुन्थ्यो कांग्रेस र प्रजातन्त्र माथि नै नोक्सानी पुरयाउने हिसाबले जमरकट्टेल तत्कालिन माओवादीले हत्या गरे ’ वरिष्ठ नेता पौडेलको भनाई थियो । व्यक्ति हत्या मुलुक र लोकतन्त्रका लागि कहिल्यै हित नगर्ने समेत वरिष्ठ नेता पौडेलको भनाई थियो । जमरकट्टेलले सपना साकार पार्नका लागि पनि शिशाघाटको विकासमा कांग्रेसले विशेष ध्यान दिने वरिष्ठ नेता पौडेलको भनाई थियो ।

सोही कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं तरुण विभाग प्रमुख शंकर भण्डारीले यो मुलुकको बाधक कम्युनिष्टहरु भएको हुँदा विपी कोइरालाले भने जस्तै कम्युनिष्टहरु संग सहकार्य गर्न नहुनेमा जोड दिएका थिए ।

- ADVERTISEMENT -

Advertisement

कम्युनिष्टहरुलाई कांग्रेसले विश्वास गर्दा राष्ट्रियता नै खतरामा परेको हुँदा कांग्रेसले गम्भीर भएर सोच्नुपर्ने बेला आएको समेत के.स. भण्डारीको भनाई थियो । पार्टीका लागि योगदान दिएका व्यक्तिहरुको पार्टीले उच्च मूल्याङकन गर्नुपर्ने सुझाव समेत पूर्वमन्त्री समेत भण्डारीले बताएका थिए । तत्कालिन समयमा कांग्रेस पार्टी र लोकतन्त्रलाई नै सिध्याउने हिसाबले माओवादीहरुले जमरकट्टेलको हत्या गरेको के.स.भण्डारीको भनाई थियो ।

सहिद जमरकट्टेल र अन्य सहिदहरुको पार्टीले उच्च मूल्याङकन गर्नेमा समेत भण्डारीले जोड दिएका थिए । सहिद जमरकट्टेलको स्मृतीमा स्थापना गर्न लागिएको प्रतिष्ठानका लागि तरुण विभागका तर्फबाट ५१ हजार रुपैयाँ सहयोग गर्ने घोषणा समेत के.स.भण्डारीले गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -