काठमाडौँ,२६ चैत २०७७ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानका थप ३ सय ३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

योसँगै कुल संक्रमितको संख्या दुई लाख ७९ हजार एक सय जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ।

आजै ७९ जना निको भएर डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयबाट जारी विज्ञप्तीमा उल्लेख छ। हालसम्म नेपालमा दुई लाख ७३ हजार ६ सय ८ जना संक्रमितहरु निको भएका छन्। योसँगै निको हुने ९८.१ प्रतिशत पुगेको छ।

हालसम्म ४ हजार ६ जना सक्रिय संक्रमित रहेका छन्। गत २४ घण्टामा ४ हजार एक सय जनाको पिसिआर परीक्षण गरिएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २३ लाख २१ हजार १ सय ७३ जना पुगेको छ।

हाल २ हजार ४ सय ५४ जना संक्रमितहरु आइसोलेसनमा छन् भने ६५ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा कोरोना संक्रमितको मृत्यु भएको छैन्। हालसम्म मृत्यु हुनेकाे संख्या कुल तीन हजार ३८ जना पुगेकाे मन्त्रालयले जनाएकाे छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्