काठमाडौं, २६ चैत्र २०७७ । नेपाल कम्युनिष्ट पार्टी(एमाले)का केन्द्रीय सदस्य गोकुलप्रसाद बाँस्कोटाले मुलुकको मौलिकता मास्ने साम्राज्यवाद अमान्य भएको बताएका छन् ।

सांसद बाँस्कोटाले जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको पाँचौँ जिल्लासभा तथा नवनिर्मित भवन उद्घाटन कार्यक्रममा राउटे समुदायलाई जबर्जस्त इसाइकरण गरेर मुलुकको मौलिकता मास्ने प्रयास भइरहेको बताए । “सांस्कृतिक मौलिकता मास्ने राम्राज्यवाद कुनै पनि हालतमा मानिदैन, धर्म र दल परिवर्तन नागरिकको स्वतन्त्रता हो”, उनले भने ।

उनले थपे, “ठाउँठाउँमा पार्टी बनाएर हिँड्नेलाई मेरो पनि शुभकामना छ, कमसेकम नाम र चिह्न भएको पार्टी बनाउनु । नेपालमा दुई पार्टी छन्, एमाले र काङ्ग्रेस, यिनै दुई पार्टीहरु चित्त बुझेनी–नबुझेनी, राम्रो भएनी–नभएनी, आलोचना भए करेक्सन हुँदै ढल्दै, धुलो टकटक्याउँदै यिनीहरु नै अगाडि बढ्छन् ।”

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्