- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

चार जना मन्त्रीको सांसद पद गुम्यो

April 8, 2021
806
Shares
- ADVERTISEMENT -

काठमाडौं, २६ चैत्र २०७७ । नेकपा माओवादी केन्द्र परित्याग गरेर नेकपा एमाले प्रवेश गरेका चार जना मन्त्रीको सांसद पद गुमेको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख अग्‍निप्रसाद सापकोटाले त्यससम्बन्धी सूचना पढेर जानकारी दिएका हुन् ।

पद गुमाउनेमा अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली-४ का लेखराज भट्ट, रौतहट-३ का प्रभु साह र कैलाली-३ का गौरीशंकर चौधरी छन् । मंगलबार माओवादी केन्द्रले ती नेतालाई कारबाही गरेको सूचना संसद् सचिवालयमा दर्ता गरेको थियो।

- ADVERTISEMENT -

Advertisement

उनीहरु २०७४ सालको चुनावमा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । अहिले उनीहरु चारै जना मन्त्री छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -