- ADVERTISEMENT -

संसदमा बहस गर्न नेता थापालाई निम्तो

April 8, 2021
545
Shares
- ADVERTISEMENT -

काठमाडौं, २६ चैत्र २०७७ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदमा बहस गर्न आउन निम्तो दिएका छन् ।

बिहिबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले तीन वर्षमा भएको विकासबारे प्रधानमन्त्रीसँग बहस गर्न आफू तयार रहेको बताएका हुन् । ‘तथ्य र तथ्यांकमा टेकेर बहस गर्न म तपाईंलाई संसदमा निम्तो दिन चाहन्छु । तपाईको कार्यकालमा के-के विकास भए भनेर’ थापाले भने ।

- ADVERTISEMENT -

Advertisement

उनले बालुवाटारबाट प्रधानमन्त्री ओलीले गरेको सडक शिलान्यासको आलोचनासमेत गरेका छन् । विना योजना र आर्थिक जोहोविना हच्चुवाको भरमा शिलान्यास गरेको थापाको भनाई छ ।

२०६१/०६२ मा सम्पन्न गर्नुपर्ने मेलम्ची आयोजना २३ वर्ष लगाएर सम्पन्न गरेकोमा यसबीचमा सरकारमा बसेका सबैले माफी माग्नुपर्नेमा जश लिने होडबाजी चलेको थापाले बताए ।

‘मेलम्ची आयोजना विकास समिति बनिसकेपछि पनि २३ वर्ष लाग्यो, ७/८ वर्षमा सम्पन्न गर्नुपर्ने आयोजना ढिला गरेर हामीले गल्ती गर्‍यौं, अब यस्तो गर्दैनौं भनेर प्रधानमन्त्रीले, हामीले पनि भन्नुपर्ने होइन ?,’ थापाले भने, ‘यहाँ त कहिले धारा खोलेर, कहिले बाल्टिन थापेर, कहिले उठेर, कहिले बसेर उद्घाटन गरेको छ, तमासा गरेको छ, चमत्कार भयो भनेको छ ।’

आयोजनामा ढिलाइ हुँदा मुलुकलाई अर्बौं बढी आर्थिक भार थपिएको पनि थापाले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -