काठमाडौँ, बिहिबार, २६ चैत्र २०७७ । नेपाल पत्रकार महासंघ ललितपुर शाखाको अध्यक्षमा सागर न्यौपाने नेतृत्वको गठबन्धन प्यानल विजयी बनेको छ ।

बिहीबार बिहान सम्पन्न मतगणना अनुसार अध्यक्ष न्यौपाने नेतृत्वको प्यानल नै विजयी भएको हो । उपाध्यक्षमा रनसुर महतारा, सचिवमा रामहरि कार्की र सहसचिवमा रविन राई विजयी भएका छन् । यस्तै, कोषाध्यक्षमा राजु बस्नेत, सदस्यहरूमा गोमा पाण्डे, दिपक अर्याल, अनिल पन्त, अविन लिम्बु, कृष्ण पौडेल, केशव घिमिरे, विष्णु बहादुर आले र रामशरण काफ्ले विजयी भएका छन् ।

मत परिणामको औपचारिक घोषणा हुन भने बाँकी छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्