गोरखा, मंगलबार, २४ चैत्र २०७७ । गोरखा नगरपालिका वडा न ९ मा नेकपाका सकृय कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् राष्ट्रिय सभा संसदीय दलका पूर्व नेता सुरेन्द्र पाण्डेले नव प्रवेशीलाइ खादा तथा टिका लगाएर प्रवेश गराउनु भएको थियो । सानु बाबु श्रेष्ठ (सुकन श्रेष्ठ), सुमन राना, कृष्ण बहादुर श्रेष्ठ, प्रसन्न पाण्डे, अनुप बस्नेत, रुद्र बहादुरलगायत अन्य गरी २८ जना नेकपा परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

नेकपाको आन्तरिक झगडामा रुमल्लिएको र जनतालाई झूटा आश्वासन मात्रै दिएकाले देश निर्माणमा सहयोग गर्न कांग्रेसमा प्रवेश गरेको नवप्रवेशीहरूले जानकारी दिएका छन् ।

उक्त कार्यक्रममा गोरखा नगरपालिकाका मेयर राजन राज पन्त, उप मेयर बिना श्रेष्ठ, गोरखा कांग्रेस नगर प्रमुख चन्दन खत्री, गोरखा क्षेत्र न २ का गोबिन्द गुरुङ, गोरखा नगरपालिका ९ का वडा अध्यक्ष कुल बहादुर कुवर लगायतले मन्तब्य राख्नु भएको शंकर श्रेष्ठले जानकारी दिनुभयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्