काठमाडौं, २४ चैत्र २०७७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रामबहादुर थापा बादललाई गृहमन्त्री बनाउनु गल्ती भएको बताएका छन्।

मंगलबार रुकुम पश्चिमको सदरमुकाम खलंगामा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘म माथि बम हान्नेलाई गृहमन्त्री बनाए, केही पनि आधार नभएकालाई स्थायी समिति बनाए। गल्ती त भएकै हो ।’

उनले बादलले धोका दिएकोसमेत बताए । ‘दुःखसुःखमा साथ दिन जनता छाडेर अन्य पार्टी र देशी-विदेशीसँग लागेर धोका दिए ।’ प्रचण्डले भने ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्