- ADVERTISEMENT -

नेपाल पत्रकार महासंघ गोरखा शाखाको अध्यक्षमा तीन जनाको उम्मेद्वारी

April 5, 2021
408
Shares
- ADVERTISEMENT -

गोरखा, २३ चैत्र २०७७ । नेपाल पत्रकार महासंघ गोरखा शाखाको अध्यक्षमा तीन जनाको उम्मेद्वारी परेको छ । अध्यक्ष पदमा अनुपमा खनाल, दिपक श्रेष्ठ र नरहरि सापकोटाको उम्मेद्वारी परेको निर्वाचन समितिका संयोजक स्थानेश्वर दुवाडीले बताए ।

उपाध्यक्ष पदका लागि नरेन्द्र ढकाल र हरिराम उप्रेतीको उम्मेद्वारी परेको छ । अन्य पद भने सर्वसम्मत चयन भएको छ । उपाध्यक्ष (महिला) मा रेनु श्रेष्ठ, सचिवमा बिकास मरहट्टा, सहसचिवको दुई पदका लागि गुणबहादुर रोका र केशब गुरुङको उम्मेद्वारी परेको छ भने कोषाध्यक्षमा मोहसिन अलि मियाँको एकल उम्मेद्वारी परेकाले निर्विरोध चयन भएका छन् ।

- ADVERTISEMENT -

Advertisement

समितिको सदस्यहरुमा दानबहादुर गुरुङ, बिमल श्रेष्ठ, राजेश पौडेल, सुजन न्यौपाने, उद्धब कुमाल, सस्मिता पन्त, सन्दिप सुनार चयन भएका छन् । केन्द्रिय परिषद सदस्यमा किशोरजंग थापा र प्रदेश परिषद सदस्यमा आत्माराम श्रेष्ठको एकेक उम्मेद्वारी परेकाले निर्विरोध चयन भएका निर्वाचन समितिले जनाएको छ ।

औपचारिक घोषणा भने चैत २५ गतेपछि मात्रै गरिने समितिका संयोजक स्थानेश्वर दुवाडीले जनाएका छन् । चैत २३ गते उम्मेद्वारी फिर्ता लिने समय रहेको र २५ गते निर्वाचन हुनेछ । उक्त दिन जिल्ला, प्रदेश र केन्द्रको निर्वाचन हुने भएको हो ।दरौदीबाट

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -