- ADVERTISEMENT -

फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित

April 4, 2021
362
Shares
- ADVERTISEMENT -

काठमाडौँ, २२ चैत्र २०७७ । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ । गएराति घरेलु मैदानमा भएको खेलमा पीएसजी लिलसँग १-०ले पराजित भएको हो ।

लिलको जितमा जोनाथान डेविडले पहिलो हाफमा गरेको गोल नै निर्णायक गोल बन्यो । उनले २०औं मिनेटमा जोनाथन कोनेको पासमा गोल गरेका थिए ।

- ADVERTISEMENT -

Advertisement

खेलको अन्त्यतिर दुवै टोली १० खेलाडीमा समेटिएको थियो । खेलको ९० औं मिनेटमा पीएसजीका नेयमार दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए । लिलका थियागो जालो पनि दोहोरो पहेँलो कार्ड खादै मैदानबाट बाहिरिएका थिए ।

हारसँगै पीएसजीले शीर्षस्थान गुमाएको छ । पीएसजी ३१ खेलबाट ६३ अंक जोडेर दोस्रो स्थानमा छ । लिल भने ६६ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -