- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

फ्रान्सको जितमा एन्टोनी ग्रीजम्यानले गरेको गोल नै निर्णायक

April 1, 2021
428
Shares
- ADVERTISEMENT -

काठमाडौँ, १९ चैत्र २०७७ । फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोट खेलमा फ्रान्सले साँघुरो जित निकालेको छ । गएराति भएको खेलमा फ्रान्सले बोस्निया हर्जगोभिनालाई १-०ले पराजित गरेको हो ।

फ्रान्सको जितमा एन्टोनी ग्रीजम्यानले गरेको गोल नै निर्णायक बन्यो । खेलको ६० औं मिनेटमा एड्रिएन राविओटको पासमा ग्रीजम्यानले गोल गरेका थिए । जितसँगै समूह डीको शिर्षस्थानमा रहेको फ्रान्सले ३ खेलमा ७ अंक जोडेको छ । समूहकै अर्को खेलमा युक्रेन र काजकस्तानले १–१को बराबरी खेलेका छन् ।

- ADVERTISEMENT -

Advertisement

यस्तै, समूह ‘सी’ को खेलमा इटालीले जित हात पारेको छ । इटालीले लिथुआनियालाई उसकै मैदानमा २–० ले पराजित गरेको हो । इटाली तीन खेलबाट तीन जितपछि ९ अंक जोडेर शीर्षस्थानमा छ । समूह जेको जर्मनी भने पराजित भएको छ । जर्मनी घरेलु मैदानमा नर्थ म्यासेडोनियासँग २–१ ले स्तब्ध बनेको हो । जर्मनी ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -