- ADVERTISEMENT -

गोरखाको धार्चे गाउँपालिकाले दुईजना आरोहीलाई झण्डा हस्तान्तरण

March 29, 2021
587
Shares
- ADVERTISEMENT -

काठमाडौं, सोमबार, १६ चैत्र २०७७ । गोरखाको धार्चे गाउँपालिकाले सर्वाेच्च शिखर सगरमाथा आरोहण गर्न जाने दुईजना आरोहीलाई झण्डा हस्तान्तरण गरेको छ । एक कार्यक्रमबीच आरोही पुरबहादुर गुरुङ र इमान गुरुङलाई गाउँपालिकाका अध्यक्ष सन्तबहादुर गुरुङ र उपाध्यक्ष फुलमाया गुरुङले झण्डा हस्तान्तरण गर्नुभएको हो ।

यसअघि आरोही पुरबहादुरले चारपटक र इमानले दुईपटक सगरमाथा आरोहण गरिसक्नुभएको छ ।

- ADVERTISEMENT -

Advertisement

धार्चेका स्थायी बासिन्दा रहनुभएका दुबैजना आरोहीले आफ्नो गाउँको नाम र समुदायको पहिचानको लागि पाँचौं र तेस्राे पटक आरोहण गर्न लाग्नुभएको गोरखापत्र अनलाइनलाई प्रतिक्रिया दिनुभयो । यसअघि पनि उहाँहरु दुबैजनाले मनास्लु, धौलागिरिलगायतका शिखरहरु आरोहण गरिसक्नुभएको छ ।

आरोही पुरबहादुरका अनुसार आधार शिविरमा दुईम हिना बसेपछि सगरमाथामा आरोहण गरिनेछ । चिनियाँसहित २१ जना आरोही र २१ जना नेपाली आरोहीको समूहले आरोहण गर्ने कुरा उहाँले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -