- ADVERTISEMENT -

काठमाडौंमा पेस्तोलसहित दुई जना पक्राउ

March 28, 2021
591
Shares
- ADVERTISEMENT -

काठमाडौं, आइतबार, १५ चैत्र २०७७ । सशस्त्र प्रहरीको एक टोलीले काठमाडौंमा हतियारसहित दुई जनालाई पक्राउ गरेको छ । काठमाडौंको हाँडीगाउँबाट एक पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको हो।

सशस्त्र प्रहरीको टोलीले काठमाडौंको गहनापोखरी क्षेत्रबाट काभ्रेको रोशी गाउँपालिका–३ घर भएका पोते लामा र नमोबुद्ध नगरपालिका घर भएका अनन्त तामाङलाई पक्राउ गरेको जनाएको छ।

- ADVERTISEMENT -

Advertisement

उनीहरुका साथबाट मेडइन युएस लेखिएको ९–एमएमको एक पेस्तोल, पाँच राउण्ड गोली र म्याग्जिन बरामद गरेको सशस्त्र प्रहरी नायव उपरीक्षक सुरेश गैरेले बताए।

पक्राउ परेका दुवैजनालाई कानूनी कारवाहीका लागि मालिगाउँ प्रहरीको जिम्मा लगाइएको गैरेले जानकारी दिए ।

भक्तपुरको जडिबुटी बस्ने पोते लामा भने फरार सूचीका आरोपी रहेको प्रहरीले जनाएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -