- ADVERTISEMENT -
- ADVERTISEMENT -

झा दम्पती बेपत्ता प्रकरण : भेटियो ‘क्लू’, चार जना पक्राउ

March 22, 2021
426
Shares
- ADVERTISEMENT -

काठमाडौ, सोमबार, ९ चैत्र २०७७ । महोत्तरीको पिपरा गाउँपालिका–५ सहोड्वाका बेपत्ता एक दम्पतीको अपहरण गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

गत फागुन १० गते राति आफ्नै घरको ओछ्यानमा सुतेका ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीय गीतादेवी बेपत्ता भएका थिए । उनीहरुको अवस्था अझै अज्ञात छ ।

- ADVERTISEMENT -

Advertisement

प्रहरीले उक्त घटनाको आरोपमा सहोडबाका ५२ बर्षीय रामबाबु यादव, उनका जेठो छोरा २६ बर्षीय सुरेन्द्र यादव, कान्छो छोरा २४ बर्षीय राजेन्द्र यादव र पिपरा गाउँपालिका–६ बनौली चोक बस्ने भारतीय नागरिक ५० बर्षीय हरेन्द्र ठाकुरलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार चार जनाले वृद्ध दम्पतिको अपहरण गरेको केही प्रमाण भेटिएको छ ।

- ADVERTISEMENT -

Advertisement

घटनाको केही दिनपश्चात सडकमा देखिएको रगतको छिटा मानवकै रहेको प्रमाणित भएकाले दम्पतीकै रहेको र उक्त रगतको छिटा पक्राउ अभियुक्त रामबाबुकै घर आँगन अगाडि र घरमासमेत फेला परेको प्रहरीको भनाइ छ। दम्पतीको ओछ्यान नजिक र सडकमा रगतको छिटा फेला परेको थियो भने उनीहरुले आढ्ने झुल पोखरीमा फेला परेको थियो।

जग्गाको विवाद

जग्गा व्यवसायी भारतीय नागरिक ठाकुर जग्गाको प्लटिङ गरेर बेचविखन गर्दै आइरहेका थिए।

भारतीय नागरिक ठाकुर समेतले महोत्तरीको सहोडवा गाविस–६ स्थित १३ विगहा जग्गामा प्लटिङ गरेका थिए। सो प्लटिङको उतरतर्फ हाल बेपता पारिएका मुसाफिर झाको १४ कठ्ठा जग्गा रहेको छ। तर सो जग्गाको उतरतर्फ हरेन्द्र ठाकुरको प्लटिङमा बाटो नभएको २ विगाहा जग्गा रहेको छ। त्यसै कारण हरेन्द्रले पटक पटक आफ्नो जग्गा बेच्न मुसाफिर झालाई दवाब दिँदै आएको प्रहरीले जनाएको छ। तर, मुसाफिरले भने जग्गा नबेच्ने बताउँदै आएका थिए।

हरेन्द्रसँग रामबाबु पनि जोडिएका छन् । फागुन ११ गते प्लटिङ गरेको जग्गामा उपस्थिति भएका उनीहरुबीच राति पटकरपटक कुराकानी भएको र गतिविधि शंकास्पद देखिएको प्रहरीको भनाई छ ।

प्रहरीले उनीहरुमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ ।

अझै बेपत्ता दम्पत्ति

फागुन ११ गते बिहान झा दम्पती हराएको घटना सार्वजनिक भएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर प्रारम्भिक जाँच गर्दा घरकोठाको सङ्घारमा रगतका छिटाजस्तो देखिएपछि अपरहण वा हत्या गरिएको हुनसक्नेसम्मको अड्कल गरिएको छ ।

नेपाल प्रहरीको प्रदेश-२ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय महोत्तरीले करिब महिनासम्म अनुसन्धान गर्दा पनि केहि पत्तो नलगाएपछि केही दिनअघि मात्र प्रहरी प्रधान कार्यालयले सिआईबी टोली खटाएको छ ।

तर, दम्पतीको अवस्था अझै अज्ञात रहेको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -