- ADVERTISEMENT -

भदौमा अनमोल–सुहानाको ‘ए मेरो हजुर ४’ आउने, फस्टलुक यस्तो

March 9, 2021
761
Shares
- ADVERTISEMENT -

काठमाडौँ, मंगलबार, २५ फागुन २०७७ । नायक अनमोल केसी र नायिका सुहाना थापा अभिनित फिल्म ‘ए मेरो हजुर ४’को रिलिज मिति घोषणा गरिएको छ ।

चलचित्रको फस्टलुक सार्वजनिक गर्दै फिल्म आउँदो बर्षको भदौ १८ गतेबाट प्रर्दशनमा आउने निर्माणपक्षले जानकारी दिएको छ ।

- ADVERTISEMENT -

Advertisement

सुनिलकुमार थापा प्रोडक्सन र सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा झरना थापाले निर्देशन गरेकी छन्। अनमोल र सुहानाले यसअघि फिल्म ‘ए मेरो हजुर ३’मा अभिनय गरिसकेका छन् ।

चलचित्रमा बसन्त सापकोटा, आशिष अविरल, प्रतिक पौडेल, कल्याण सिंहको संगीत रहेको छ। हिमाल केसीको एक्सन, मित्र डी गुरुङको सम्पादनमा बनेको फिल्ममा संजय लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।

फिल्म ‘ए मेरो हजुर ४’ हाल छायांकनको अन्तिम चरणमा छ। कोभिड माहामारीअघि छायांकन भइरहेको यो फिल्म लकडाउनको कारण रोकिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -