- ADVERTISEMENT -

पूर्वसभापति डा. खड्काको निधन, देउवाद्वारा दुःख व्यक्त

March 9, 2021
453
Shares
- ADVERTISEMENT -

काठमाडौं, मंगलबार, २५ फागुन २०७७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी, म्याग्दीका पूर्वसभापति डा भूपेन्द्रबहादुर खड्काको निधनप्रति दुःख व्यक्त गरेका छन् । डा खड्काको आज बिहान काठमाडौँको सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा निधन भएको हो ।

सभापति देउवाले डा खड्काको निधनको खबरले आफूलाई स्तब्ध र मर्माहत भएको जनाउँदै शोकविज्ञप्तिमार्फत उनमा श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

- ADVERTISEMENT -

Advertisement

खड्का २०४८ सालको आमनिर्वाचनमा म्याग्दी निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार तथा विसं २०५५ मा म्याग्दी जिल्ला सुकुम्बासी आयोगका अध्यक्ष हुनाका साथै विभिन्न सामाजिक संस्थामा क्रियाशील रहँदैआएका थिए ।

विसं १९९८ साउन २० गते तत्कालीन अथुङ्गे गाविस–१ मा जन्मिएका खड्काले पार्टी सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए । कांग्रेसले उनको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -