- ADVERTISEMENT -

पहिलो दिनमै ज्योति लाइफको आइपीओमा मागभन्दा बढी आवेदन

March 6, 2021
585
Shares
- ADVERTISEMENT -

काठमाडौ, शनिबार, २२ फागुन २०७७ । ज्योति लाइफ इन्सुरेन्सको साधारण शेयर (आइपीओ)मा शुक्रबार (आज) एकैदिन ७३ करोड ८५ लाख ५९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

सीडीएसले दिएको जानकारी आुसार आज साँझ ६ बजेसम्ममा ७३ लाख ८५ हजार ५९० कित्ताको लागि ७३ करोड ८५ लाख ५९ हजार रुपैयाँ बराबरको आवेदन परेको हो ।

- ADVERTISEMENT -

Advertisement

ज्योति लाइफले सर्वसाधारणको लागि ५९ लाख ४० हजार कित्ताका लागि आवेदन माग गरेको छ। पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको छ ।

कम्पनीले एक सय अंकित मूल्यका ६६ लाख कित्ता साधारण सेयर निष्कासन गरेको हो। पाँच प्रतिशत अर्थात् तीन लाख ३३ हजार कित्ता सामूहिक लगानी कोषलाई र तीन लाख ३३ हजार कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ। बाँकी रहेको ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आइपिओका लागि फागुन २८ गतेसम्म आवेदन दिन सकिनेछ। आइपिओ निष्काशनका लागि एनएमबी क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

आइपिओ बिक्री तथा वितरणपश्चात् कम्पनीको चुक्ता पूँजी रु दुई अर्ब २० करोड पुग्नेछ ।

आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयर एनपी त्रिपल बि इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम रूपमा सुरक्षित रहेको संकेत गर्दछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -