काठमाडौँ, सोमबार, १७ फागुन २०७७ । चलचित्र ‘परदेशी–२’ को थप केहि दृश्य अमेरिकामा छायांकन गरिएको छ । नारायण रायमाझीले निर्देशन गर्नुभएको नेपाली चलचित्र परदेशी २ को थप केहि दृश्य अमेरिकामा छायांकन गरिएको हो ।

अमेरिकाको बाल्टिमोरमा रहेको नेपाल हाउस लगायतका बिभिन्न स्थानमा छायांकन भएको थियो । जसमा चर्चित कलाकारहरु दिलिप रायमाझी, अमेरिकन कलाकार तारा लिन्हार्ट, प्रेमराजा महत र बाल कलाकार प्राज्ञी सुनारले अभिनय रहेको छ । यो भन्दा पहिले पनि अमेरिकाको बिभिन्न स्थानमा छायांकन गरिसकिएको रायमाझीले बताउनु भयो।

‘परदेशी–२’ यहि दशैंमा प्रदर्शन हुने भएको छ। हालै फिल्मको छायांकन सकिएसँगै निर्माण टिमले आउँदो वर्षको दशैंलाई प्रदर्शन मिति तय गरिएको छ । नारायण इन्टरनेशनल प्रा लि को ब्यानरमा राजेश वंशल र नारायण रायमाझीले संयुक्त रुपमा फिल्म निर्माण गर्नु भएको हो । फिल्मको कथा गीतकार रमेश वि जी ले तयार पर्नु भएको हो ।

फिल्ममा दीलिप रायमाझी, प्रशान्त तामाङ, प्रकाश सपूत, केकी अधिकारी, वर्षा शिवाकोटी, नीर शाह, सुशील पोखरेल, रमा थपलिया, देबेन्द्र बब्लू लगायतका कलाकारको अभिनय देख्न सकिनेछ ।

यसअघि दर्शकका लागि ‘गोर्खा पल्टन’, ‘परदेशी’ जस्ता सुपरहिट फिल्म दिएका निर्देशक रायमाझी र निर्माता वंशलको ‘परदेशी–२’ तेस्रो फिल्म हो ।

सुदिप कुँवर मुख्य सहायक निर्देशक रहेको फिल्ममा मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्वन्द्व रहेको छ । गोबिन्द राई र रामजी लामिछानेको कोरियोग्राफी तथा दीर्घ खड्काको सम्पादन रहेको छ ।

निर्देशक रायमाझीका अनुसार फिल्ममा बिबि अनुरागीको संगीत रहेको छ भने नारायण रायमाझी, रमेश पौडेल, सतीश चापागाई, विवी अनुरागी र प्रेमदेव गिरीले लेखेका गीतमा प्रशान्त तामाङ्ग लगायतका गायक गायिकाहरुले स्वर दिनुभएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्