काठमाडौं, सोमबार, १९ माघ २०७७ । सरकारले औपचारिक रुपमा पर्यटन क्षेत्र खुला नगर्दै पर्यटन व्यवसायीहरुले भने धमाधम ‘बुकिङ’ शुरु गरेका छन् ।
उनीहरुले आउंदो मार्च अप्रिलको लागि बुकिङ शुरु गरेका हुन् । सरकारले पयएटक आवागमन खुला गर्ने विश्वांसमा आफूहरुले बुकिङ शुरु गरेको व्यवसायीको भनाइ छ । होटल, पदयात्रा र वायुसेवा कम्पनीमा मार्चदेखि आउने पर्यटकले बुकिङ गरिरहेका छन् र नेपालका पर्यटन व्यवसायीले पनि धमाधम बुकिङ गरिरहेका छन् । सिजनको बेलामै भएको लकडाउनका कारण अघिल्लो वर्ष थला परेका पर्यटन व्यवसायीहरु यो वर्षको सिजन गुमाउन नचाहेकोले धमाधम बुकिङ गरिरहेका हुन् ।
- ADVERTISEMENT -
सरकारले औपचारिक रूपमा पर्यटक आगमन अझै पनि खुला गरिसकेको छैन । ‘अहिले पनि नेपालमा आउने विदेशी पर्यटकको लागि ‘अनअराइभल भिषा’ खुला गरिएको छैन् । पूर्व स्वीकृति लिएर वा सम्बन्धित देशको दूतावासबाटै भिसा लिएर आउनेलाई मात्रै प्रवेश दिइएको छ । कोरोना भाइरसको नयां प्रजातीबाट बढी प्रभावित रहेको बेलायतबाट आउने विदेशी नागरिकलाई नेपालमा प्रवेश गर्न पूर्णरुपमा प्रतिबन्ध लगाइएको छ भने अन्य देशबाट आउने पर्यटकलाई होटल क्वारेन्टिन अनिवार्य गरिएको छ ।
तर, कोरोनाको खोप वितरण शुरु हुनुको साथै निर्वाचनको घोषणा पनि गरिएकोले अब नेपालमा कडा खालको लकडाउन नहुने विश्वांसमा पर्यटन व्यवसायीहरुले बुकिङको साथै थप व्यवसायिक योजना अगाडि सारेका हुन् ।
- ADVERTISEMENT -
नेपालमा कोरोना महामारी शुरु भए पछि यता गत चैतदेखि पुस मसान्तसम्म करिब १० महिनाको अवधिमा १४ हजार ९७४ भारत वाहेकका तेस्रो देशबाट नेपालमा भित्रिएका छन् । ‘अन अराइभल भिषा’ खुला नगरिए पनि मंसिरयता दैनिक करिब १ हजारको हाराहारीमा अन्तर्राष्ट्रिय पर्यंटक आउने गरेका छन् । ती मध्ये अधिकांश चिनियाँ रहने गरेको अध्यागमन विभागले जानकारी दिएको छ ।
जबकी कोरोना भाइरसको महामारी शुरु हुनु अघि सन् २०२० को पहिलो तीन महिना अर्थात् जनवरीदेखि मार्चसम्म दुई लाख १५ हजार १११ पर्यटक आइसकेका थिए । सरकारले २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने घोषणा गर्दै अघिल्लो वर्षको जनवरी १मा निकै तामझामका साथ त्यसको उद्घाटन गरेको थियो ।
नेपालमा मात्र नभएर पर्यटक आवागमनको आधारमा महत्वपूर्ण मानिएका करिब २ दर्जन देशमा समेत त्यस्तो कार्यक्रम गरिएको थियो । तर, कोरोना महामारी शुरु भएपछि सरकारले अप्रिलको शुरुमै भ्रमण वर्षका सम्पूर्ण कार्यक्रम स्थगित गर्दै देशभर लकडाउन शुरु गरेको थियो ।
एक वर्षदेखि पर्यटक ठप्प भए पनि नयाँ होटल आउने क्रम भने रोकिएको छैन् । होटल संघ नेपालका प्रथम उपाध्यक्ष तथा प्रवक्ता विनायक शाहका अनुसार देशैभर चार हजार कोठाका तारेस्तरका होटल निर्माणाधीन छन् ।
यी होटल कतिपय बनिसकेका र कतिपय निर्माणको अन्तिम चरणमा छन् । गत भदौमा १०५ कोठा सहितको पाँचतारे होटल मेची क्राउन कोठा संचालनमा आएको छ । त्यस्तै ६० वटा रहेको बबरमहलको होटल बसेरा बुटिक पनि केही दिन अघि औपचारिक सञ्चालनमा आएको छ ।
गोरखामा होटल लिगलिग मनास्लु भ्यू , ठमेलमा ‘रमाडा इनकोर बाई विन्ड्हृयाम’, पोखरामा पाँचतारे रिसोर्ट अन्नपूर्ण आदी केही समय भित्रै संचालनको तयारीमा छन् ।