- ADVERTISEMENT -

एमाले-माओवादी मन्त्रालय भागवण्डा,

February 22, 2018
1432
Shares
- ADVERTISEMENT -

फागुन १०, २०७४
काठमाडौँः सत्तारुढ दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रले मन्त्रालयको भागवण्डा मिलाएका छन् । बिहीबार बिहान बसेको दुई पार्टीको कार्यदल र दुई अध्यक्षबीचको अलग अलग बैठकपछि मन्त्रालयको भागवण्डा मिलेको हो ।
दुई दलबीचको सहमति अनुसार नेकपा एमालेले आफ्नो भागमा १० वटा मन्त्रालय राखेको छ । त्यसैगरी माओवादी केन्द्रको भागमा सातवटा मन्त्रालय परेका छन् ।
दुई दलले दुईतिहाइ बहुमतको सरकार बनाउन संघीय समाजवादी फोरम नेपाललाई पनि मनाइरहेका छन् । फोरम सरकारमा आउने टुंगो भइनसकेकाले दुई दलले मात्रै मन्त्रालयको भागवण्डा मिलएका हुन् । फोरम सरकारमा आउने भएपछि उसलाई पनि दुई दलले मन्त्रालय दिनेछन् ।
दुई दलको सहमति अनुसार एमालेले महत्तवपूर्ण मानिएका अर्थ तथा योजना, भौतिक पूर्वाधार तथा यात्रा, सूचना तथा सञ्चार र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय राखेको छ ।
त्यसैगरी माओ‌वादी केन्द्रले गृह, जलश्रोत तथा ऊर्जा, वन तथा वातावरण, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय लिएको छ ।
एमालेको भागका मन्त्रालय:
रक्षा
अर्थ तथा योजना
भौतिक पूर्वाधार तथा यातायात
परराष्ट्र
सूचना सञ्चार
कानुन, न्याय तथा संसदीय मामिला
संघीय मामिला तथा सामान्य प्रशासन
शिक्षा तथा खेलकुद
स्वास्थ्य तथा जनसंख्या
पर्यटन
माओवादीको भागमा मन्त्रालय:
जलस्रोत तथा ऊर्जा
गृह
शहरी विकास, आवास खानेपानी तथा सरसफाइ
वन तथा वातावरण
उद्योग, वाणिज्य तथा आपूर्ति
श्रम तथा रोजगार तथा महिला बालवालिका
कृषि, सहकारी तथा भूमि व्यवस्थापन ,

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -