- ADVERTISEMENT -

नेपाली खेलाडी सन्दीपको आईपीएलमा सनसनी : दुई ओभरमा लिए मुम्बईका तीन विकेट

May 21, 2018
1660
Shares
- ADVERTISEMENT -

६ जेठ, काठमाडौं । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने आइतबार भएको तेस्रो  इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सविरुद्धको खेलमा ३ विकेट लिएका छन् । दुई ओभर बलिङ गरेका सन्दीपले तीन विकेट लिएका छन्।मुम्बईविरूद्ध खेलमा आइतबार साँझ उनले ओपनिङ ब्याट्सम्यान सूर्यकुमार यादवलाई आउट पारेका हुन्। सुरूमा बलिङ गर्न आएका सन्दीपलाई यादवले पहिलो बलमा चौका, दोस्रो बलमा छक्का र तेस्रो बलमा दुई रन हानेका थिए।

- ADVERTISEMENT -

Advertisement

दिल्ली डेयर डेभिल्सबाट ४ ओभर बलिङ गरेका उनले ३६ रन खर्चिएर ३ विकेट लिए । १७५ रनको लक्ष्य पछ्याएको मुम्बईविरुद्ध पहिलो ओभरमा नै बलिङ गर्न आएका उनले सूर्यकुमार यादवलाई आउट गरेका थिए । १० औं ओभरमा आफ्नो व्यक्तिगत दोस्रो ओभर बलिङमा आएका उनले पहिलो बलमा किरोन पोलार्ड र तेस्रो बलमा क्रुनाल पाण्डेयलाई आउट गरेका हुन् ।

यसअघि लामो समय बेन्चमै रहेका सन्दिपलाई दिल्लीले ३ वटा खेलमा अवसर दिएको थियो । उनले पहिलो र दोस्रो खेलमा १/१ विकेट लिएका थिए । आइतबार सन्दिप लामिछाने चम्किएको खेलमा दिल्लीले मुम्बई इण्डियन्सलाई ११ रनले हराएको छ । यो हारसँगै मुम्बई प्ले अफमा पुग्न असफल रहृयो ।

 

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -