- ADVERTISEMENT -

स्पेनिस ला-लिगा फुटबलमा रियल मड्रिड र भिल्लारियल बराबरीमा

May 20, 2018
1724
Shares
- ADVERTISEMENT -

६ जेठ, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा यो सिजन खराब प्रदर्शन गरिरहेको गत सिजनको विजेता रियल मड्रिडले शनिबार राति भएको खेलमा भिल्लारियलसँग  २–२ को बराबरी खेलेको छ । यो बराबरीले रियल तेस्रो स्थानमै सीमित हुन बाध्य भयो । सिजनको अन्तिममा आएर पनि रियल मड्रिडले लिगमा चाहिएको जति राम्रो गर्न सकेको छैन । लिगको ३८ औँ खेलमा सुरुमा दुई गोलको अग्रता लिएर पनि रियल मड्रिड रोकिएको हो ।

रियल मड्रिडका लागि पहिलो हाफमा ग्यारेथ बेल र क्रिष्टियानो रोनाल्डोले गोल गरे । तर पहिलो हाफमा लिएको अग्रता भ्रमण टोली रियल मड्रिडले दोस्रो हाफमा जोगाउन सकेन । भिल्लारियलका लागि  ७० औँ मिनेटमा मार्टिनेज तथा ८५ औँ मिनेटमा कास्टिलेजोले गोल गरे । लिभरपुलसँगको च्याम्पियन्स लिग फाइनलको तयारीमा गरिरहेको रियल मड्रिडले घरेलु लिगमा राम्रो प्रदर्शन गर्न सकेन ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -