- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

२१ औं स्मृति दिवस : ‘लौह पुरुष’ लार्इ कसरी सम्झने ?

September 18, 2018
1524
Shares
- ADVERTISEMENT -

काठमाडौं, असोज २ । बि.स २०४६ सालको ऐतिहासिक जनआन्दोलनका सर्वोच्च कमाण्डर एवम् नेपाली कांग्रेसका सर्वमान्य नेता गणेशमान सिंहको स्मृति दिवसका अवसरमा विभिन्न कार्यक्रम गरी मनाएको छ ।

स्व. सिंहको २१औं स्मृति दिवसका अवसरमा आज बिहान गणेशमान सिंह फाउण्डेशनले शोभाभगवतीमा आयोजना गरेको कार्यक्रममा स्व सिंहको शालिकमा माल्यार्पण गरिएको हो । १९७२ सालमा जन्मिएका सिंहको २०५४ सालमा आजैका दिन निधन भएको थियो ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्व. सिंहको महत्वपूर्ण भूमिका रहेको चर्चा गरे । ‘स्व सिंह सङ्घर्षशील, त्यागी र प्रजातान्त्रिक आन्दोलनलाई सहज ढङ्गले नेतृत्व गर्ने नेता हुनुहुन्थ्यो”, उनले भने ।

नेता सिंहले मुलुकमा अलग–अलग धारमा विभाजित कम्युनिष्टलाई एक ठाउँमा ल्याउन स्व सिंहले महत्वपूर्ण भूमिका खेलेको बताए । उनले भने, ‘एकदलीय शासन व्यवस्थामा विश्वास गर्ने कम्युनिष्टलाई बहुदलीय प्रजातन्त्रमा ल्याउन त्यतिवेला स्व सिंहको महत्वपूर्ण योगदान छ ।’

- ADVERTISEMENT -

Advertisement

सिंहले वर्तमान सरकारले जनताको समस्यालाई चित्तबुझ्दो तरिकाले समाधान गर्न नसकेको आरोप लगाउँदै काङ्ग्रेस जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गरेको दावी गरे ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशी, सुरेन्द्र पाण्डे, बद्री पाण्डे, काठमाडौँ पार्टी सभापति सबुज बानियाँ, भातृ संस्थाका अध्यक्ष एवं पदाधिकारीको उपस्थिति रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -