- ADVERTISEMENT -

हिमालपारीको गाउँ लिमीको पाँच हजार मिटर अग्लो लाप्चा लेकबाट मानसरोवर

August 13, 2019
857
Shares
- ADVERTISEMENT -

सिमकोट, २८ साउन २०७६ । नाम्खा गाउँपालिकाको वडा नम्बर छ को हिमालपारीको गाउँ लिमीको पाँच हजार मिटर अग्लो लाप्चा लेकबाट मानसरोवर , कैलाशको दर्शन गर्न सकिने भएको छ ।

स्थानीयले उक्त लेकबाट मानसरोवर कैलाशको दर्शन गर्ने गरिएकोमा चिनियाँ सरकारले नेपालीलाई जान नदिने जनाए पछि अब लिमीको लाप्चा लेकबाटै, कैलाश मानसरोवरको दर्शन गर्न सकिने भएको हो ।

- ADVERTISEMENT -

Advertisement

स्थानीय छिरिङ पाल्दनका अनुसार एउटा उत्तम विकल्पको रुपमा रहेको यस लेकबाट दर्शन गर्नेको संख्या बढेको छ ।

लाप्चा नाकाकै प्रचार प्रसारको लागि आगामी असोज पहिलो हप्ता पर्यटन बोर्ड टोलीलाई लाप्चामा आमन्त्रण गरिने गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाले बताउनु भयो ।

पैदल हिंडेर चारदेखि पाँच दिनसम्म लाग्ने लाप्चा नाकामा अहिले सडक निर्माण शुरु भएको छ । सिमकोट हिल्सा नाकाको च्याछरा खण्डको सडक निर्माण भई संचालनमा आए गाडी जान सकिने छ ।

यसपछि नेपाली भूमिबाटै मानसरावर कैलाशको दर्शन गर्न सहज हुने अध्यक्ष लामाले बताउनु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -