- ADVERTISEMENT -

‘संक्रमणकालीन न्यायमा ढिला भइसक्यो, अब पनि समाधान नगरिए देश अप्ठेरोमा पर्न सक्छ’

July 21, 2019
590
Shares
- ADVERTISEMENT -

काठमाडौं, ६ साउन २०७६ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका संसदीय दलका उपनेता सुवास नेम्वाङ्गले संक्रमणकालीन न्यायको प्रक्रिया चाँडो चाँडो समाधान गर्नुपर्ने तर ढिला भइरहेको बताएका छन् ।

संक्रमणकालीन न्याय प्रक्रिया अघि बढाउनका लागि सत्य र बेपत्ता आयोगका पदाधिकारीको छनोटका लागि आज सिफारिस समितिको बैठक बस्न लागिरहेको बेलामा बाह्रखरीसँग कुरा गर्दै नेम्वाङ्गले भने,‘‘यो प्रक्रिया चाँडो अघि बढाउनुपर्छ भन्ने बारेमा सबै दलका नेताहरु सहमत हुनुहुन्छ ।’’

- ADVERTISEMENT -

Advertisement

कसलाई आयोगमा राख्ने भन्ने बारेमा कुरा नमिलेको हो भन्ने जिज्ञासामा नेम्वाङ्गले भने,‘‘त्यसबारेमा मलाई जानकारी छैन । तर, यो प्रक्रिया ढिला हुँदै गइरहेको छ । यसरी ढिलो हुँदै गयो भने देश नै अप्ठेरोमा पर्न सक्छ । त्यसैले यसलाई चाँडो भन्दा चाँडो समाधान गर्नुपर्छ ।’’

पीडितहरुले सिफारिस समिति नै पुनर्गठन गरेर नयाँ प्रक्रियाबाट अघि बढ्नुपर्ने माग हिजो मात्रै राखेको सन्दर्भमा नेम्वाङ्गले भने,‘‘यसबारेमा त सरकारले जान्ने कुरा हो । ’’

- ADVERTISEMENT -

Advertisement

दुवै आयोगमा राख्ने व्यक्तिका बारेमा यसअघि नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र विपक्षी दलका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच केही चरणमा वार्ता भएपनि यसबारेमा अझै टुंगोमा पुग्न नसकेको बताइएको छ ।
त्यही भएर सिफारिस समितिको बैठक बसेपनि हरेक पटक त्यसलाई लम्ब्याउने कार्य हुँदै आएको छ ।

गएको चैत मसान्तपछि नै दुवै आयोग पदाधिकारीविहीन हुँदा संक्रमणकालीन न्यायको प्रक्रिया अघि बढ्न सकेको छैन । दुवै आयोगमा पीडितका तर्फबाट हजारौं उजुरी परेपनि अहिले अलपत्र अवस्था रहेको दुवै आयोगका सचिवालय सम्बद्ध उच्च अधिकारीहरुले बताएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -