- ADVERTISEMENT -

शनिबार ‘सुदिप्त बाल क्यान्सर सर्भाइभर र्याम्प शो’ हुँदै, ५० भन्दा बढी क्यान्सर सर्भाइभर बालबालिकाले प्रतिभा प्रस्तुत गर्ने

August 2, 2019
1369
Shares
- ADVERTISEMENT -

ललितपुर, १७ साउन २०७६ । नेपालमा पहिलोपटक ‘सुदिप्त बाल क्यान्सर सर्भाइभर र्याम्प शो’ हुने भएको छ । ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटल र नेपाल क्यान्सर सहयोग समुहको सहकार्यमा श्रावण १८ गते शनिवार सानेपास्थित हेरिटेज गार्डेनमा हुने र्याम्प शोमा ५० जना भन्दा बढी क्यान्सर सर्भाभर बालबालिकाको सहभागिता रहनेछ ।

कार्यक्रम संयोजक स्वरुपा श्रेष्ठका अनुसार, सो र्याम्पमा सहभागी बालबालिकाहरुले विभिन्न किसिमका जनचेतना मुलक कार्यक्रम, नाचगान र आफ्नो प्रतिभा प्रस्तुत गर्ने छन् । उपराष्ट्रपति नन्द किशोर पुनको प्रमुख आतिथ्यमा हुने सो र्याम्प सो मा हाँस्य कलाकार द्धय महजोडी, भारतीय टेलिभिजन जी टीभीको रियालिटी शो ुसारेगमप लिटल च्याम्प्सु मा चौथो स्थान हाँसिल गर्न सफल आयुष केसीकोसमेत प्रस्तुति रहनेछ । कार्यक्रममा ५ सय भन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रम संयोजक श्रेष्ठले भन्नुभयो —‘क्यान्सर बिजेता र उपचारमा रहेका बालबालिकाको र्याम्प शो ले बालबालिकामा उच्च मनोबल कायम गर्ने र उनीहरुले दीर्घ रोगीको रुपमा केहि हदसम्म गुमाएका बालअधिकारलाई पुन अधिकार सम्पन्न बनाउने अपेक्षा गरिएको छ ।’

विश्व स्वस्थ्य संगठनका अनुसार विश्वमा १ करोड ९० लाख जति क्यान्सरका बिरामी छन् । ९० लाख जतिको प्रत्येक वर्ष क्यान्सरका कारण मृत्यु हुने गर्दछ । १ करोड ९० लाख मध्ये १० लाख जति बालबालिकालाई क्यान्सर हुने अनुमान गरिएको छ । प्रत्येक वर्ष ४ लाख नयाँ क्यान्सरका बिरामी थपिने गर्छन् । अमेरिका, वेलायत, अस्ट्रेलिया, जापान जस्ता विकसित देशमा ८० प्रतिशत बाल क्यान्सर रोग निको पार्न सकिने उपचार पद्धतिको विकास भइसकेको छ ।

- ADVERTISEMENT -

Advertisement

नेपाल जस्तो विकास उन्मुख देशहरुमा क्यान्सर रोगको उपचार, सहज रुपमा उपलब्ध नभएको, जनचेतनाको कमी, विकट भौगालिकता , गरिबी र समयमा उपचारका लागि क्यान्सर सम्बन्धि स्वास्थ्य परीक्षणका लागि अस्पताल पु¥याउन सकिने स्थिति छैन ।

समयमा रोगको पहिचान नहुनाले अल्प विकसित र अविकसित मुलुकहरुमा ४० प्रतिशत मात्र बाल क्यान्सर रोग निको पार्न सकिने नेपाल क्यान्सर हस्पिटलका अध्यक्ष एवं वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा। सुदिप श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो—‘समाजका अन्य स्वस्थ बालबालिकाको समुहमा उनीहरुलाई प्रतिस्थापित गर्न र देशको जिम्मेवार भावी नागरिकको रुपमा उनीहरुलाई तयार पार्न सहयोग गर्ने उद्येश्यले मनोरञ्जनात्मक र्याम्प शो आयोजना गरिएको हो ।’ कार्यक्रम मार्फत संकलन गरिएको रकम क्यान्सर बिरामी बालबालिकाको उपचार र कल्याणकारी कार्यमा खर्च गरिने प्रतिबद्धता आयोजकहरुले गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -