- ADVERTISEMENT -

विश्वको सबैभन्दा अग्लो पिरामिड आकारको भवन

August 19, 2019
1276
Shares
- ADVERTISEMENT -

एजेन्सी, २०७६ साल भाद्र २ गते सोमबार । उत्तर कोरियाको राजधानी प्योङयोङस्थित भव्य होटल निर्माणका निम्ति सन् १९८७ मा ठूलो भूभागमा तोडफोडको काम थालिएको थियो ।

पिरामिड आकारको अत्यधिक अग्लो भवन १ हजार फिट भन्दा माथिसम्म निर्माण गरिने भनिएको थियो भने कम्तीमा पनि तीन हजार कोठाको मनोरम दृश्य देखिने रेस्टुरेन्ट खोलिने योजना रहेको थियो । यसरी ‘रयुग्योङ होटल’ दुई वर्षमै आगन्तुकहरुका लागि खुला हुने आशा गरिएको थियो तर अहिलेसम्म सो योजना अधुरै छ ।

- ADVERTISEMENT -

Advertisement

१९९२ मा सो भवनले योजना अनुरुप उचाइ हासिल गरेपनि १६ वर्षसम्म खालि कन्क्रीटका रुपमा रहनुपर्यो जसमा झ्याल समेत राखिएको थिएन । यसरी बाहिरबाट हेर्दा सिमेन्ट मात्र देखिने सो भवन भूतघर जत्तिकै भएको थियो ।

त्यसैले, यसलाई ‘प्रलयको होटल’ भन्ने उपनाम समेत दिइएको छ । त्यसको वर्षौँपछि मात्र यसलाई धातु र सिसाले छापिएको हो र अहिले त्यसमा थुप्रै एलइडी लाइट जडान गरिएको छ जसले रातिको समयमा रङ्गीचङ्गी दृश्य प्रस्तुत गर्दछ । यतिका वर्षसम्म थुप्रैपटक यसको निर्माण कार्य रोकिँदै फेरि सुरु हुँदै गरेको थियो जसकारण पनि सो होटल ग्राहकका लागि खुल्ने नखुल्ने अझै निश्चित भएको छैन । तरपनि यो कोही नबस्ने विश्वकै सबैभन्दा अग्लो भवन हो ।

वास्तवमा र्युङयोङ होटल शीतयुद्ध र अधिक प्रतिस्पर्धाको नतिजा स्वरुप निर्माण भएको भवन हो । त्योबेला एउटा दक्षिण कोरियाली फर्मले सिङ्गापुरमा विश्वकै सबैभन्दा अग्लो होटल बनाएको थियो भने यता राजधानी सिओल चाहिँ १९८८ ओलम्पिकको तयारीमा जुटेको थियो ।  यस्तोमा उत्तर कोरियाले आफ्नो शत्रुभन्दा पछि नपर्न सो होटल निर्माण गर्यो भने १९८९ मा आफ्नै शैलीको ओलम्पिक समान खेलकुद आयोजना गरेको थियो जसमा यसले दक्षिण कोरियाको विश्वको सबैभन्दा ठूलो होटल बनाएको शिर्षक खोस्ने योजना बनाएको थियो ।

तर, प्राविधिक समस्याका कारण भवनको निर्माण कार्य समयमा सम्पन्न भएन । तापनि यता सरकारले कार्यक्रममा अरबौँ खर्च गरिसकेको थियो जसले राज्यको पहिले नै कमजोर अर्थतन्त्रलाई झन तल पुर्यायो भने सोभियत युनियनको पतनले उत्तर कोरियाको आर्थिक सहयोगकको श्रोत पनि बन्द भयो ।

यसरी बाहिरी निर्माण कार्य सम्पन्न भएपनि १९९२ मा काम रोकियो र एउटा क्रेन भवनको टुप्पोमै रहिरह्यो । यसपछि कन्क्रिीटबाट मात्र बनेको सो भवनमा सन् २००८ मा इजिप्टका इन्जिनियरहरुले सिसा र धातु जडान गरि त्यसलाई नयाँ रुप दिए जसमा १ करोड ८० लाख डलर खर्च भएको थियो । सो कार्य २०११ मा सम्पन्न भयो जसपछि होटल छिटै खुल्नेबारे चर्चा सुरु भयो । तर भवनको निर्माण प्रक्रिया बलियो नभएको आशंकामा होटल खुल्न सकेन । तरपनि उत्तर कोरियाले २०१२ मा होटल भित्रका विभिन्न तस्बिरहरु सार्वजानिक गरेको थियो ।

यसरी २०१८ मा मात्र सो होटल जिवित भएको बताइन्छ जब त्यसमा एलइडी लाइट जडान गरिएको थियो र प्योङयोङको सबैभन्दा ठूलो ‘लाइट शो’ आयोजना गरिएको थियो । वर्षौँसम्म अँध्यारोमा बसेको होटल अचानक चम्किँदा अनौठो देखिएको प्रत्यक्षदर्शी बताउने गर्छन् । तरपनि विजुली खपतका कारण भवनमा सधैँ लाइट बालिँदैन । पछिल्ला केही वर्षमा यसको मर्मतमा विभिन्न कार्य गरिएको छ भने होटलको नाम समेत कोरियन र अङ्ग्रेजीमा लेखिएको थियो । तर अझैपनि त्यो होटल कुनैदिन खुल्न सक्नेप्रति शंका व्यक्त गरिएको छ ।

अहिले यो होटल प्योङयोङको सबैभन्दा अग्लो भवन भएपनि २०१७ मा लोटे वल्र्ड टावर कोरियाली प्रायद्विपको सबैभन्दा अग्लो भवन बनेको हो । तरपनि अझै कोही नबस्ने भवनमा यो विश्वकै अग्लो मानिन्छ । वर्षौँसम्म निर्माण कार्य सम्पन्न नहुनुले सो होटललाई यसअघि शर्मनाक तुल्याएको थियो तर हालै जडान एलइडी लाइटले भने किम शाषनलाई केही शान्त गराएको छ र भविष्यमा यसलाई गौरवका रुपमा पनि हेरिनेछ । सीएनएनबाट

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -