- ADVERTISEMENT -

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङको ठोकुवा : संस्थागत भ्रष्टाचारले विकास प्रभावित, भ्रष्टाचार नै बजेट कार्यान्वयमा चुनौती

July 16, 2018
2143
Shares
- ADVERTISEMENT -

लमजुङ, असार ३२

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संस्थागत भ्रष्टाचार बढेकै कारण विकास निर्माण प्रभावित भएको बताउनु भएको छ ।

- ADVERTISEMENT -

Advertisement

‘भ्रष्टाचार बढेकै कारण बजेट कार्यान्वयमा चुनौती देखिएको छ, बजेट खर्च गर्ने राज्यको प्रक्रियामा ढिलाइ छ, संस्थागत भ्रष्टाचार बढ्न थालेको छ’, जिल्ला समन्वय समिति लमजुङको दोस्रो जिल्ला सभामा मुख्यमन्त्री गुरुङले भन्नुभयो, “यसको अन्त्य नभएसम्म अपेक्षित विकास निर्माण हुन सक्दैन ।’

उहाँले जनप्रतिनिधिहरुमा पनि जनताको सेवामा भन्दा हाकिम र ठेकेदारसँगै मिलेमतोमा लाग्ने प्रवृत्ति बढेकोमा दुःख व्यक्त गर्दै यसका लागि प्रभावकारी अनुगमनको आवश्यकता रहेको बताउनुभयो ।

‘उपभोक्ता समितिका भरमा मात्र योजना छोड्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ”, मुख्यमन्त्री गुरुङले भन्नुभयो, “योजना सँगै जनप्रतिनिधिको कामकारबाहीलाई पनि अनुगमन गर्नुपर्छ ।’

जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डेको अध्यक्षतामा भएको सो कार्यक्रममा समन्वय समितिका योजना तथा गतिविधिबारे जिल्ला समन्वय अधिकारी अन्तरबहादुर सिलवाले प्रकाश पार्नुभयो । रासस

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -