- ADVERTISEMENT -

रियलको महत्त्वपूर्ण जित

February 25, 2021
496
Shares
- ADVERTISEMENT -

एजेन्सी, १३ फागुन २०७७ । यूईएफए च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा रियल म्याड्रिडले एटलान्टामाथि १-० को जित दर्ता गरेको छ ।

एटलान्टाको मैदानमा रियलका फ्रान्सेली डिफेन्डर फर्लान्ड मेन्डीले ८६ अौं मिनेटमा गरेको गोल नै निर्णायक सावित भयो । उनले लुका मोड्रिचको पासमा गोेल गरेका थिए । फरवार्ड करीम बेन्जेमाविना उत्रिएको रियलले गोल गर्ने अवसर सिर्जना गरेपनि फिनिसिङमा चुकेको थियो । एटलान्टाले भने आक्रमणमा कमजोर प्रदर्शन गर्यो ।

- ADVERTISEMENT -

Advertisement

त्यसअघि खेलको १७ अौं मिनेटमा मेन्डीलाई नै गोल गर्ने अवसरमा अघि बढ्दा लडाएपछि एटलान्टाका रेने फ्रुएलरले रातो कार्ड पाएका थिए । १० खेलाडीमा सिमित भएपछि एटलान्टा खेल अवधिभर दवावमा रहेको थियो ।

घरेलु मैदानमा अन्तिम समयमा गोल खाएपछि अब एटलान्टालाई अर्को चरणमा पुग्न कठिन चुनौतीको सामना गर्नुपर्ने हुन्छ । रियलले अब दोस्रो लेगमा बराबर खेलेपनि क्वाटरफाइनलको यात्रा तय गर्नेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -