- ADVERTISEMENT -

मेडिकल माफिया प्रसाईद्वारा गगन थापा गम्भीर आरोप ।

July 1, 2018
1433
Shares
- ADVERTISEMENT -

काठमाडौं, १७ असार-बि एण्ड सि मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा लोकप्रिय नेता गगन थापा माथी गम्भिर आरोप लगाएका छन् उनि  स्वास्थ्यमन्त्री हुँदा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १४ करोड रुपैयाँ घुस खाएर भिसी नियुक्ती गरेको गम्भिर आरोप लगाएका छन् ।

आईतबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा मेडिकल उद्योगी प्रसाईले यस्तो आरोप लगाएका हुन् । उनले भने,‘गोविन्द केसीलाई अनशन बसाउन उचाल्ने विवेकशील साझा पार्टीमात्रै नभएर गगन थापा पनि हुन भन्ने कुरा आज उनले संसदमा मलाई माफीया भनेर बोलेकोले नै पुष्टि हुन्छ, तर हेक्का रहोस गगन थापा स्वास्थ्यमन्त्री हुँदा उनले १४ करोड घुस खाएर भिसी नियुक्ती गरेको कुरा हामीलाई राम्रोसँग थाहा छ।’

- ADVERTISEMENT -

Advertisement

तत्कालिन मन्त्री थापाले घुस खाएको प्रमाण दिन सक्नुहुन्छ भनेर पत्रकारले सोधेको प्रश्नमा उनले भने,‘घुस भन्ने कुराको प्रमाण हुँदैन, यो त लेनदेनको विषय हो, लिने र दिनेलाईमात्रै थाहा हुन्छ, तर हामीलाई सुचना छ मात्र भने उनले लगाएको आरोप कुनै प्रमाण बिना चरित्रहत्या गर्ने उदेश्यले लगाईएको देखिन्छ ।

आफूले नेपाललाई समृद्ध बनाउने उद्देश्यले दुई वटा कम्युनिष्ट मिल्नुपर्छ भनेर नै दुवै पार्टीका अध्यक्षहरुसँग आग्रह गरेको र त्यसको लागि पहलपनि लिएको सुनाउँदै प्रसाईले भने,‘उहाँहरुले मेरो घरमा साधारण दाल, भात खाँदापनि मिडीयावाजी गरेर अनेक आरोप लगाए भन्दै उनले भने गणतंत्रको लागी लडने व्यक्ति म पनि हुँ भन्दै सामान्य भेटघाट लाईनै बढिचर्चा हुने गरेको भनि आरोप लगाए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -