- ADVERTISEMENT -

मस्यौदामाथि थप छलफल गरिने

September 11, 2018
1180
Shares
- ADVERTISEMENT -

ललितपुर, भदौ २६ गते । नेपाली काँग्रेसको विधान संशोधनका लागि गठन भएका तीनवटा उपसमितिहरुले तयार गरेका विधान संशोधनको मस्यौदा मङ्गलबार समितिको पूर्ण बैठकमा प्रस्तुत गरेर थप छलफल गरिने भएको छ ।

विधानका संशोधन गर्नुपर्ने शिर्षकहरुमा तीनवटा उपसमितिहरुले विभिन्न चरणमा छलफल गरेर मस्यौदा तयार गर्दै आएका छन् । तीनवटै समितिले तयार गरेको विधान संशोधनको मस्यौदा मंगलवार समितिको पूर्ण बैठकमा लैजाने तयारी भएको समितिका सदस्य सचिब केशव रिजालले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -

Advertisement

पार्टीका महामन्त्री पूर्णबहादुर खड्का संयोजक रहनुभएको विधान संशोधन समितिमा उपसमितिहरुले मस्यौदा प्रस्तुत भएपछि बुधवार पार्टीका पदाधिकारी र शिर्ष नेताहरु सहितको बैठकमा प्रस्तुत हुने रिजालले जानकारी दिनुभयो ।

पार्टीको विधानको संशोधित मस्यौदा बोकेर सातै प्रदेशमा महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, प्रदेशका प्रतिनिधिदेखि तल्लोतहका कार्यकर्ताहरुकाबीचमा छलफल गरेपछि अन्तिम रुप दिइने छ । विधानमा सबैको अपनत्व महसुस गराउनका लागि ७७ वटै जिल्लातहमा मस्यौदामाथि छलफल गर्ते तयारी पार्टीले गरेको छ । आगामी दशैँअघि नै पार्टी विधानले अन्तिम रुप पाउने छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -