- ADVERTISEMENT -

मगर समुदायले “माघे सकराती” टुंडिखेलमा पुस ३० गते र माघ १ गते मनाउने

January 10, 2019
788
Shares
- ADVERTISEMENT -

काठमाडौं, २०७५ साल पौष २६ गते बिहिबार । मगर समुदायको प्रमुख राष्ट्रिय सांस्कृतिक चाड ‘माघे सङ्क्रान्ति’यस वर्ष मगर समुदायले भव्य रुपमा मनाउने भएका छन् ।

नेपाल मगर संघ केन्द्रीय समितिले आज पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो प्रमुख पर्वका अवसरमा पुस ३० गते र माघ १ गतेका दिन दुई दिन टुंडिखेलमा माघे सकराती भव्य रुपमा मनाउने तयारी भइरहेको जानकारी दिएको हो । माघे सकराती मगर समुदायको नयाँ वर्षको शुरुवात पनि हो ।

- ADVERTISEMENT -

Advertisement

मगर समुदायको प्रमुख राष्ट्रिय सांस्कृतिक चाड “माघे सङ्क्रान्ति राष्ट्रिय चाड मनाउदै अघी बढौँ, मगरात परिचान र अधिकार प्राप्तिका लागि लडौं” भन्ने मूल नारा सहित मनाउने तयारी गरेका पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

मौलिक साँस्कृतिक प्रदर्शनी, शुभकामना आदान प्रदान तथा कार्यक्रमको समुद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने आयोजकले जनाएको छ ।

कार्यक्रममा मगरहरुको मौलिक साँस्कृतिक प्रर्दशनी, मौलिक मगर खाना तथा पोशाकहरुको प्रर्दशनी गरिने बताइएको छ । माघ १ गते मौलिक झाँकी सहित १० बजे भृकुटी मण्डपबाट ¥याली सुरु हुने बताइएको छ ।

‘माघे सङ्क्रान्ति’ चाड विशेष गरी चेलीकोे पर्वको रुपमा मनाइन्छ । नयाँ यामको सुरुवात यसै दिन देखि उभौली सुरुभई साउने सकरातीमा समापन भई सोही दिन देखि उद्यौली सुरु हुने प्रचलन छ । यस चाडमा चेलीहरुले मूलको पानी र जमरा स्वरुप जौं को पूmल लिएर घरको धूरी खाँबोमा पूजा गर्ने गरिन्छ यस दिन छोरी चेलीहरुलाई पूजा गर्ने गरिन्छ । चामलको सेतो टिका र जौं पाटीको फुल लगाई दक्षिणा अनि आर्शिवाद लिने-दिने चलन छ ।

यस दिन छोरी चेलीहरुलाई मिस्रा (उपहार) दिने गरिन्छ घरमा आएका चेलीहरुलाई घरमै र आउन नसकेका छोरीचेलीलाई उनीहरु कै घर–घरमा पठाइदिने गरिन्छ ।

मिस्रा भन्नाले तरुल, गिठ्ठा, भ्याकुरको परिकारहरु, भुजौरी, खिचदी, घिउको परिकार बनाइको परिकार हो । यस चाडमा मौलिक रुपले भैलो खेल्ने, पुतली नाँच्ने, सिस्नो खेल्ने, पिङ खेल्ने, धनुषवाँण हान्ने आदि गरिन्छ । साँस्कृतिक हिसाबले यस चाड देखि कौडा नाचको सुरुवात गर्ने र मादल, बाजाहरु (चर्को आबाज निकाल्ने बाजागाजा) बन्द गर्ने गरिन्छ । यसै दिनदेखि बेशीबाट लेक तिर बसाई सर्ने गरिन्छ । मगर समुदायमा यस चाड साँस्कृतिक र सामाजिक हिसाबले अत्यान्तै महत्व राख्ने गर्दछ ।

सरकारले गरेको पर्व विदा कटौती तत्काल पुनरावलोकन गर्न आग्रह गर्नुभयो । सरकारले विभिन्न सांस्कृतिक पर्वहरुको विदा कटौती पश्चात् नेपाल आदिवासी जनजाति महासंघ लगायत आदिवासी सम्वद्ध संघसंस्थाहरुले आन्दोलन गरेपश्चात् सरकारले विदा कटौती पुनरावलोकन गर्न खोजेको कार्य स्वागतयोग्य भएको नेपाल मगर संघका अध्यक्ष नविन रोका मगरले बताउनु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -