- ADVERTISEMENT -

बाबुरामले भने– ५० हजारलाई भोज ख्वाउने खर्च उत्पादनको क्षेत्रमा लगानी गरेको भए हुन्थ्यो

October 27, 2018
1029
Shares
- ADVERTISEMENT -

काठमाडौं, कार्तिक १० । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले शनिबार पार्टी एकतापछि पहिलो पटक विजया दशमी, दीपावली, नेपाल सम्वत् र छठका अवसरमा हुन गइरहेको चियापान कार्यक्रम भृकुटीमण्डपस्थित बगैँचामा गरिरहेको छ ।

पार्टीले चियापान कार्यक्रममा झण्डै ५० हजार जनालाई निम्तो पठाएको छ । यसैक्रममा नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई नेकपाको चियापान कार्यक्रममा जान नसक्ने बताएका छन् ।

- ADVERTISEMENT -

Advertisement

ट्विटरमा आफुलाई पठाएका चारवटा शुभकामना कार्ड राखेर निमन्त्रणा कार्ड पर्ठाएकोमा धन्यवाद दिदै सर्वहारावर्गको दुहाइदिने पार्टीले ५० हजारलाई भोज ख्वाउने खर्च कुनै उत्पादनको क्षेत्रमा लगानी गरेकोभए राम्रो हुने बताएका छन् । त्यसैले आफु चियापानमा आउन सकिनँ भनेका छन् ।

चियापानको निम्तो कार्डमा नेकपाका अध्यक्षद्व केपी शर्मा ओली र प्रचण्डको संयुक्त नामको हस्ताक्षर सहितको निमन्त्रणा पत्र, अध्यक्षद्वयको अलग–अलग नाममा र पार्टीका महासचिव विष्णुप्रसाद पौडेलको नामबाट शुभकामना पठाइएको छ ।

चियापान कार्यक्रम शनिवार दिउँसो १२ बजेदेखि ५ बजेसम्म हुनेछ । दिउँसो १२ देखि ३ बजेसम्म पार्टीका कार्यकर्ता र सर्वसाधारण र दिउँसो ३ बजेदेखि ५ बजेसम्म विशिष्ट अतिथिको लागि समय छुट्टाइएको बताए। दिउँसो ३ बजेदेखि नेपालस्थित विदेशी कूटनीतिज्ञ, राजनीतिक दलका नेता, संवैधानिक अङ्गका पदाधिकारी सहभागी हुनेछन् । चियापान कार्यक्रमलाई व्यवस्थित बनाउनका लागि ३०० स्वयम्सेवक परिचालन गरेको छ

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -