- ADVERTISEMENT -

प्रहरी प्रभागभित्रै गोली चल्या्े, अर्सइले बोकेको बन्दुक पड्किँदा प्रहरी जवान गम्भिर घाइते

December 22, 2018
1264
Shares
- ADVERTISEMENT -

ललितपुर, ७ पौष २०७५ । ललितपुरको लाकुरीभञ्ज्याङस्थित प्रहरी प्रभागभित्र गएराति गोली लागेर एक प्रहरी जवान गम्भीर घाइते भएका छन् । कोठामा रहेका बेला असईको पेस्तोल पड्किँदा उनि गम्भीर घाइते भएका हुन्।

प्रभागका प्रमुख प्रहरी सहायक निरीक्षक (असई) रमेश तामाङले बोक्ने गरेको पेस्तोलको गोली लागेर प्रहरी जवान रोशन श्रेष्ठ गम्भीर घाइते भएका ललितपुर महानगरीय प्रहरी परिसरका एसपी शेखर खनालले जानकारी दिनुभयो । श्रेष्ठको बायाँ गालामा लागेको गोली दायाँ गालाबाट निस्केको छ। उनको अवस्था गम्भीर छ। महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा प्रारम्भिक उपचारपछि घाइते श्रेष्ठलाई नेपाल प्रहरी अस्पतालमा रिफर गरिएको छ।

- ADVERTISEMENT -

Advertisement

प्रहरीका अनुसार ललितपुर महानगरीय विपत् व्यवस्थापन शाखामा कार्यरत् प्रहरी जवान श्रेष्ठ असई तामाङ सुत्ने कोठा गएराति करिव ९ बजेतिर आएका थिए । दुवै जना दोलखा निवासी समेत हुन् । सँगै बसिरहेका बेला आफ्नो पेस्तोल अनलोड गर्ने क्रममा अचानक पेस्तोल पड्केर श्रेष्ठलाई गोली लागेको असई तामाङले बताएका छन्। घटनापछि असई तामाङलाई महानगरीय प्रहरी परिसरको नियन्त्रणमा राखिएको छ।

यसैविच, प्रहरीले घटनाको छानविन गर्न ललितपुर महानगरीय प्रहरी वृत्तका डिएसपी गौतम मिश्रको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार भूलवश गोली लागेको देखिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -