- ADVERTISEMENT -

नेपालीको प्रतिव्यक्ति अाय १००० डलर

April 26, 2018
2019
Shares
- ADVERTISEMENT -

काठमाडौँः  नेपालको प्रतिव्यक्ति आय एक हजार चार अमेरिकी डलर अर्थात एक लाख तीन हजार तीन सय ३५ रुपैयाँ पुगेको  छ । चालु आर्थिक वर्षको राष्ट्रिय लेखा तथ्यांकको प्रतिवेदनले देखाएको छ । एक नेपालीले आफूले कमाएको रकमबाट प्रतिसय १५ रुपैयाँ बचाउन थालेका देखिन्छ ।

चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आका तीन खर्ब ६४ अर्बले ६५ अर्बले बढेर ३० खर्ब सात अर्ब रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) २६ खर्ब ४२ अर्ब रहेको थियो ।

- ADVERTISEMENT -

Advertisement

यस वर्ष आर्थिक क्रियाकलाप बढ्दा जीडीपीमा उल्लेख्य सुधार आएको केन्द्रीय तथ्यांक विभागका महानिर्देशक सुमनराज अर्यालले जानकारी दिए । ‘हाम्रो अर्थतन्त्रको आधार कमजोर भएकोले सानो सुधारले पनि अर्थतन्त्रमा उल्लेख्य सुधार आएको हो’, उनले भने ।

 

आर्थिक क्रियाकलापमा सुधार भएपनि धानको उत्पादन घट्दा लक्षित आर्थिक वृद्धिदर हासिल हुन नसकेपनि अन्तर्राष्ट्रियस्तरमा ख्याती कमाएक वित्तीय संस्थाले गरेको भन्दा नेपालको आर्थिक वृद्धिदर माथि उक्लिएको छ ।

चालु आवमा ५.८९ प्रतिशत आर्थिक वृद्धिदर रह्ने तथ्यांक विभागले सार्वजनिक गरेको छ । सरकारले बजेट प्रस्तुत गर्दा ७.२ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेर कार्य गरेपनि बजेट मध्यावधि समीक्षामा भने वृद्धिदर घटाएर ६ प्रतिशतमा झारेको थियो । अन्नपूर्ण

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -